Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका खड्का विजयी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २ २०७९
  • 11K
    SHARES

काठमाडाैँ । रामेछाप जिल्लामा कांग्रेसले गाउँपालिका अध्यक्षमा खाता खोलेको छ ।

जिल्लाको गोकुलगंगा गाउँपालिकामा नेपाली कांग्रेसका युवा उम्मेदवार तथा नेपाल तरुणदलका रामेछाप जिल्ला सभापति समेत रहेका काजीबहादुर खड्का (दिनेश) गाउँपालिकाको अध्यक्षमा अत्यधिक मतका साथ विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार खड्ग बहादुर सुनुवारलाई पराजित गर्दै विजयी भएका हुन् । त्यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उषा वस्नेत कार्की विजयी भएकी छिन् ।

उनले एमालेबाट उपाध्यक्षकी उम्मेदवार राधिका श्रेष्ठ नेवारलाई पछि पार्दै विजयी भएकी हुन् । गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष नै  नेकपा एमालेले जितेको थियो । गत निर्वाचनमा जितेकै आधारमा एमालेले खड्ग बहादुर सुनुवार र राधिका श्रेष्ठ नेवारलाई पुनः उम्मेदवार बनाएको थियो । ६  वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा चार वटा वडामा  न एपली कांग्रेस र दुई वटा वडामा नेकपा एमालेले विजयी हासिल गरेको छ ।

मतगणना सम्पन्न भएपनि निर्वाचन अधिकृतको कार्यालय गोकुलगंगा गाउँपालिकाले औपचारिक घोषणा गर्न भने बाँकी छ । औपचारिक घोषणाको प्रतिक्षामा बसेका कांग्रेसका नेता कार्यकर्ताहरु विजयी जुलुस निकाल्ने तयारीमा रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४