Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यौनकर्मीले ग्राहकलाई सडकमा भेट्न अस्ट्रेलियाले दियो अनुमती


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २८ २०७९
  • 3.5K
    SHARES

एजेन्सी । अस्ट्रेलियाको भिक्टोरिया शहरमा यौनकर्मीका लागि नयाँ कानून लागू गरिएको छ ।

अब नयाँ नियम अनुसार यौनकर्मीहरूले आफ्ना ग्रहकलाई सडकमा नै भेट्न पाउने छन् । यो नयाँ कानून मंगलबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय सरकारले यसलाई सुधारवादी कानुन भन्दै भिक्टोरियाको लागि ऐतिहासिक दिन समेत भएको बताएका छन् । नयाँ कानुन लागू भएपछि अष्ट्रेलियामा यौनकर्मीको उद्योग थप सुरक्षित हुने अन्तर्राष्ट्रिय सञ्चाार माध्यमले जनाएका छन् । मंगलबारबाट सुरु भएको यो नयाँ कानुनमा सडक वरपर यौनजन्य कामलाई कानुनी मान्यता प्रप्त भएपनि थोरै संख्याको लागि मात्र यो मान्य हुनेछ ।

यसबाट यौन व्यवसायमा आबद्ध व्यक्तिहरू आफुमाथि हुने अपराधबारे पूर्ण ढुक्क भएर अगाडी आउन सक्ने र परिवर्तनपछि उनीहरूलाई पनि सहयोग पुग्ने अष्ट्रेलिया सरकारले जनाएको छ । अष्ट्रेलियाका उपभोक्ता मामिला मन्त्रीका अनुसार यो कदम भिक्टोरीयामा यौन कार्यमा प्रचलित भेदभावलाई परिवर्तन गर्न महत्वपूर्ण कदम हुनेछ । त्यस्तै अष्ट्रेलियाका कार्यस्थल सुरक्षा मन्त्रीले भनेका छन् – सबैलाई काम गर्दा सुरक्षित हुने अधिकार छ । उनले यौनकार्यलाई नियमित रुपमा उचित तरिकाले सञ्चालन गर्न, सुरक्षित रहन राम्रो मार्ग दर्शन समेत गरिने बताए ।

कानुनमा यौनकर्मीहरूका लागि यसका साथै अर्को कानून पनि बनेको छ । जसअन्तर्गत विद्यालय, स्याहार सेवा र पूजास्थल वरपर कसैले यस्तो गरेको पाइएमा अपराधको श्रेणीमा पर्ने बताइएको छ । सन् २०२३ को अन्त्यसमममा सेक्स वर्क इजाजतपत्रको उन्मुलनसँगै अदालतमा यौन कार्य सम्बन्धी कानुनको सुधारको दोस्रो चरण लागू गरिनेछ ।

भिक्टोरिया अब यौनकार्य कानुनी रुपमा गैरकानूनी नहुने तेस्रो राज्य हुनेछ । यसअघि सन् १९९५ मा न्यू साउथ वेल्स र सन् २०१९ मा नर्दन टेरिटोरीयामा यस्तो कानुन लागू भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४