Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भयरहीत वातावरणमा मतदान गर्न गृह मन्त्रालयकाे आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २७ २०७९
  • 7.1K
    SHARES

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरूको भूमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रूपमा मतदान गर्न आग्रह गरेको छ ।

आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरू परिचालित भइसकेको र स्वयं मतदाताहरूको भूमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह सरकारले आग्रह गरेको हो ।

सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले प्रत्येक जिल्लामा सुरक्षा योजना बनाएर त्यसैअनुसार सम्पूर्ण सुरक्षा परिचालित भएको बताउनुभयो ।

स्थानीय निकायको निर्वाचनका लागि राज्यले चुस्त, दुरुस्त सुरक्षा व्यवस्थापन गरेको प्रवक्ता पोखरेलले बताउनुभयो । अहिले राज्य नै निर्वाचनमय भएकोले निर्वाचन शन्तिपूर्ण रूपमा सम्पन्न हुने उहाँको विश्वास छ ।

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढिरहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि आग्रह गर्नुभयो । विदेशबाट स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न आउने नागरिकहरूले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर थप जोखिम हुनबाट बचाउन अनुरोध गर्नुभयो ।

सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरू राखेको जानकारी दिँदै प्रवक्ता पाखेरेलले कोरोनाको जोखिम कम गर्न सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय र छलफल गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४