Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतका चर्चित संगीतकार शिवकुमार शर्माको निधन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २७ २०७९
  • 6.3K
    SHARES

काठमाडौं । भारतका चर्चित संगीतकार तथा सन्तूर वादक पण्डित शिव कुमार शर्माको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा आज निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी विगत ६ महिनादेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए र डायलासिस गराइरहेका थिए ।

उनी चर्चित सन्तुरवादक थिए । जम्मुमा जन्मेका पण्डित शिवकुमारले १३ वर्षको उमेरदेखि सन्तूर सिक्न थालेका थिए । उनको पहिलो सार्वजनिक प्रदर्शन सन् १९५५ मा मुम्बईमा भएको थियो ।

शिवकुमारको फिल्मी जगतमा पनि महत्वपूर्ण योगदान थियो । बलिउडमा ‘शिव–हरि’ (शिवकुमार शर्मा र हरिप्रसाद चौरसिया) को जोडीले कैयौं हिन्दी फिल्मका लागि संगीत दिएका थिए । यीमध्ये सबैभन्दा चर्चित चलचित्र ‘चाँदनी’ को ‘मेरे हाथों मे नौ नौ चुडियाँ’ थियो, जुन दिवंगत अभिनेत्री श्रीदेवीमाथि बनेको थियो ।

उनको मे १५ मा एउटा कार्यक्रम हुन लागेको थियो । तर, कार्यक्रमको केही दिनअघि शिवकुमारले निधन भएको छ ।

उनले सन् १९९१ मा प्रतिष्ठित पद्मश्री र २००१ मा पद्मविभूषण प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४