Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मतदानस्थलमा त्रिपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २७ २०७९
  • 5.6K
    SHARES

काठमाडौं । दैनिक रूपमा फाट्टफुट्ट परिरहेको वर्षालाई मध्यनजर राख्दै मतदानस्थलमा त्रिपालको व्यवस्था गरिएको छ ।

उत्तरगया गाउँपालिकामा कार्यरत निर्वाचन अधिकृत मुना अधिकारी ढकालका अनुसार उत्तरगयाका क्षेत्रको पाँचवटा वडाअन्तर्गत रहने ११ मतदान केन्द्रमा गाउँपालिकामार्फत त्रिपाल व्यवस्था गरिएको हो ।

त्रिपालको व्यवस्थापनले चिप्लेटी, ठूलोगाउँ, डाँडागाउँ, ढुङ्गे, कुवापानी र माझगाउँ समेतका स्थानमा रहने मतदान केन्द्रबाट आठ हजार ४०२ मतदातालाई सहज हुनेछ ।

जिल्लाका ५१ वटै मतदान केन्द्रमा त्रिपालको व्यवस्थापन गर्न सम्बन्धीत निकायसँग परामर्श भइरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो ।

यस्तै स्थानीय तहको निर्वाचन सम्पन्नपश्चात मतगणनास्थल तय गरी पाँचवटै स्थलमा सिसी क्यामेरासमेत जडान भइसकेको र मतदान सम्पन्न गराउने सबै कर्मचारी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको समेत उहाँले जानकारी दिनुभयो ।

आसन्न निर्वाचनमा कूल ३८ हजार ५४५ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले निर्धक्क साथ मतदान गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४