Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंगलवार मध्यरातदेखि माैन अवधि शुरू हुने, आचारसंहिता नमिच्न निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २६ २०७९
  • 9.2K
    SHARES

काठमाडाैँ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिँदै मौन अवधि सुरु हुन अगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको जानकारी दिएका छन् ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले मङ्गलबार राति १२ बजेबाटै मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको जनाएको छ । आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको प्रवक्ता पौडेलले बताए ।

यसैगरी, आयोगले कालो, रातो, निलो वा हरियोमध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन पनि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ ।

त्यस्तै मतदान हुने समय बिहान ७ बजेदेखि मतदान हुने देशभरका सबै मतदान केन्द्रमा मतदानको समय र मतगणनाको समयमा वर्षाले समस्या पार्ने भएकाले यस्तो हुन नदिन र निर्वाचन सामग्रीको समेत सुरक्षा गर्न आयोगले निर्देशन दिएको प्रवक्ता पौडेलले बताए । साथै आयोगले निर्वाचन आचारसंहिताविपरीत समाचार छापेको भन्दै गोरखापत्र लगायतका सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको उनले बताए ।

त्यस्तै, प्रवक्ता पौडेलले यसअघिको निर्वाचन भन्दा अहिलेको निर्वाचन तुलनात्मक रूपमा सस्तो हुने दावी गरे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४