Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रेनुको टीमलाई जिताए गठबन्धन १५ वर्ष जान्छ, नत्र दुर्घटना हुन्छ : अध्यक्ष दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २२ २०७९
  • 6.1K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई जिताए गठबन्धन १५ वर्षसम्म जाने बताउनुभएको छ ।

चितवनमा भएको गठबन्धनको सभालाई सम्बोधन गर्दै उहाँले भरतपुरमा रेनु दाहाललको टीमलाई जिताएमा अहिले भइरहेको गठबन्धन १० देखि १५ वर्षसम्म जाने बताउनुभयो ।

‘रेनु दाहाललाई जिताए गठबन्धन १५ वर्षसम्म जान्छ,’ उहाँले भन्नुभयो, ‘चितवनमा कांग्रेसको भोट माओवादीमा ट्रान्सफर गर्न कठिनाइ भएको छ, त्यसो भए देश दुर्घटनामा जान्छ ।’

गठबन्धन राष्ट्र, गणतन्त्र, लोकतन्त्रको आवश्यकताका लागि भएको बुझ्न आग्रह गर्दै उहाँले कांग्रेस कार्यकर्ताले पनि मन फुकाएर मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले रुखको भोट हसिया हथौडामा ट्रान्सफर गर्न गाह्रो भएको र त्यसमध्येको एक जिल्ला चितवन भएको स्मरण गर्नुभयो ।

‘हसिया हथौडाको भोट रुखमा सहज गए पनि रुखको भोट हसिया हथौडामा जान सकस भएको देखेँ,’ उहाँले भन्नुभयो, ‘अन्तन्त सकस हुनेमध्येको ठाउँ भनेको चितवन र मधेश हो ।’

नेपाली कांग्रेसका कार्यकर्ताले असन्तुष्टि जनाएकोमा जवाफ दिँदै अध्यक्ष दाहालले नेपालको इतिहासलाई नजिकबाट बुझ्ने कोसिस गर्न आग्रह गर्नुभयो ।

उहाँले प्रश्न गर्नुभयो, ‘विस्तृत शान्ति सम्झौता लगायतका २०४६ र २०६२÷६३ सालमा भएका आन्दोलनमा रुख र हसिया हथौडाको सम्झौता गतल भन्न सक्नुहुन्छ ?’

अध्यक्ष दाहालले कांग्रेस र अन्य पार्टीका कार्यकर्ताले साथ दिए गठबन्धन नछुट्ने बताउनुभयो । आफूमाथि फेरि एमालेसँग मिल्न जान्छ कि भन्ने आशंका गरिएकोप्रति उहाँले ज्ञान प्राप्त गरेर आएकाले अब त्यस्तो नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म ज्ञान प्राप्त गरेर आएको छु, मलाई शंका नगर्नुस् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४