Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २२ २०७९
  • 7K
    SHARES

काठमाडौं । म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

स्पेनको मड्रिडमा बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सिटीलाई ३–१ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा ४–३ ले पराजित रियलले घरेलु मैदानमा भने उत्कृष्ट पुनरागमन गर्यो । र, रियल समग्रमा ६–५ ले विजयी भयो ।

दोस्रो लेग खेलको ७३ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ९० औं मिनेटमा रियलका रोड्रिगोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । इन्जुरी समयको छैटौं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । र, खेलको ९५ औं करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै ३–१ को जित दिलाउँदै रियललाई फाइनल उपाधि नजिक पुर्‍याए ।

रियलले अब उपाधिका लागि मे २९ मा अर्को इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४