काठमाडौँ । दोलखाको जिरी नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनको लागि नगरपालिकाको मेयर पदका लागि मित्र जिरेलको नाम सिफारिस गरेसगै वडा न.३ मा दोस्रो पटक पनि नुर्बु शेर्पा उदाउदै छन ।
त्यस्तै नगरको उप-मेयरमा भने पहिलेकै उप-मेयर कृष्ण माया बुढाथोकी दोहोरीएकी छिन ।
समाजसेवी, बुद्धिजीवी, पार्टीका असल बफादार नेता, स्वच्छ छबीका निडर सपूत, इमानदारी, मनका धनी, सबैको मनमस्तिकमा बस्न सफल एक देश प्रेमी नेता नुर्बु शेर्पालाई पार्टीले पुन वडा न. ३ को वडा अध्यक्ष पदमा टिकट दिए सँगै उनले उम्मेदवारमा मनोनयन दर्ता गराएका हुन ।
आफुलाइ पार्टी र नेताकार्यकर्ता लगाएत सम्पुर्ण जिरीबासिले मेयर पदको उम्मेदवारमा समर्थन गरेकोले आफू धेरै खुशी भएको र पार्टीले दिइएको सबै जिम्मेवारीबाट कहिल्यै हारमानी पछि नहट्ने पनि अठोट मेयर पदका उम्मेदवार मित्र जिरेलले गर्नु भएको छ ।
´´ नेकपा एमालेका हाम्रा ९ वटै वडाका टिम एक भएर सिङ्गो जिरीको हितको लागि लडछौ, पार्टीले दिइएको सम्पुर्ण सिद्धान्त , नीति, कार्यक्रमको सम्बोधन गर्दै अघि बढ्छौ“ मेयर पदका उम्मेदवार मित्र जिरेलले भन्नुभयो ।
जिरेलले जिरी नगरका समस्त नागरिकसग हरपलमा सुखदुःखमा सगै यात्रा गर्न आफू तयारी रहेको र अब चाडै जिरीका प्रत्येक बस्ती बस्ती गाउँ गाउँमा चुनावी प्रचारप्रसारमा आउने पनि प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
जिरी नगरपालिकाको प्रत्येक वडामा चुनावी अभियान तीब्र पार्दै एमाले,
स्थानीय तहको चुनाब नजिकिदै गर्दा दोलखा जिल्लाको जिरी नगरपालिकामा (नेकपा) नेपाल कम्युनिस्ट पार्टी एमालेले भने आफ्नो चुनावी अभियान तीब्र पारेको छ ।
बैशाख ३० गतेको निर्वाचनलाई लक्ष्यित गरि जिरी नगरपालिकाको ९ वटै वडामा (नेकपा) एमालेले आफ्नो सक्रिय टोल कमिटी गठन, वडा स्तरीय युवा संघ गठन, अखिल नेपाल महिला संघ गठन साथै निर्वाचन सम्बन्धि बिबिध गतिविधिहरु पनि सम्पन्न गरेको हो ।
जिरी नगरपालिकाको सबै वडामा नेकपा एमालेले आफ्नो जिम्मेवारी र सक्रियतालाई कडाइका साथ निर्माण गरिएको र अझै पार्टीको केही बाकी काम निति नियमलाई निरन्तरताका साथ अघि बढाउने नेकपा एमाले जिरी नगर कमिटीले जनाएकोछ ।
यस्ता छन् घोषणापत्र



