Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिम्बावे ‘ए’माथि नेपालकाे शानदार जित, आशिफ एक्लैले बनाए ८७ रन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २१ २०७९
  • 10.8K
    SHARES

काठमाडौं । जिम्बावे ‘ए’विरुद्धको टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी भएको हो । जिम्बावले दिएको १ सय ३७ रनको विजयीलक्ष्य १५.५ ओभरमा पूरा गर्दै नेपालले सिरिजमा पहिलो जित निकालेको हो ।

नेपालका लागि आशिफ शेखले अविजित ८७ रन बनाए । ५४ बलको सामना गरेका उनले १३ चौका र १ छक्का हिर्काए । दीपेन्द्रसिंह ऐरीले एक बल खेल्नै अविजित रहे । कुशल भुर्तेल ३४ रनमा आउट हुँदा बसिर अहमदले १० रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

उसका लागि रोय काइयाले ४९, टाडिवानाशे मरुमानीले २७ र इन्नोसेन्ट काइयाले १४ रन बनाएर आउट हुँदा लुक जोङ्वे २३ रनमा नटआउट रहे । त्यसबाहेकका खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछानेले दुई तथा बसिर अहमद र सोमपाल कामीले एक–एक विकेट लिए ।

सिरिजको पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण अवरुद्ध भएको थियो । तीन खेलको टी–ट्वान्टी सिरिज एक–एकको बराबरी भएको छ ।

टी–ट्वान्टी सिरिज सकिएसँगै नेपालले सोही टीमसँग तीन खेलको एक दिवसीय सिरिज खेल्नेछ । सिरिजका खेलहरू शुक्रबार, शनिबार र सोमबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४