Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कहाँबाट आयो विमानस्थलमा बम राखेको भन्दै फोन ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २१ २०७९
  • 10.4K
    SHARES

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टेलिफानमा ९:४० बजे ‘सलाम वालेकुम’ भन्दै एउटा फोन आयो । फोनमा विमानस्थलको आन्तरिक टर्मिनलमा सात वटा बम रहेको जानकारी दिइयो ।

बम रहेको सूचनासहित फोन आएपछि टर्मिनल ड्यूटी अफिसर (टीडीओ) लाई सुरुमा ‘ब्लफ् कल’ हो कि भन्ने लाग्यो । तर फेरि अर्को नम्बरबाट फोन आयो, त्यसमा पनि बम राखिएकोबारे नै जानकारी दिइयो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार दुईपटक फोन आएपछि तत्काल ड्यूटी अफिसरले विमानस्थल प्रशासनलाई जानकारी गराए । प्रशासनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई जानकारी गरायो ।

‘तत्काल तालिम प्राप्त कुकुर र नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएर सर्च अपरेशन चलायौं, तर विमानस्थलमा कुनै पनि शंकास्पद वस्तु भेटिएन’ विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकाल भन्छन्, ‘कसले फोन गरेको थियो भन्ने अनुसन्धान भइरहेको छ ।’

फोन गर्नेबारे अनुसन्धान सुरु

बम राखेको खबर आएपछि विमानस्थल प्रशासनले टर्मिनलका यात्रु र कर्मचारीलाई बाहिर निकालेर खर्च अपरेशन चलाएको थियो ।

कुनै शंकास्पद वस्तु नभेटिएपछि अहिले नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा गलत सूचना दिने व्यक्तिबारे अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले जन प्रहारलाई बताए ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार प्रारम्भिक जाँचमा विमानस्थलको फोनमा एक मोबाइल एप्लिकेशन प्रयोग गरेर फोन गरिएको पाइएको छ ।

‘एउटा एप्लिकेशन प्रयोग गरेर अष्ट्रेलिया र मलेसियाको नम्बर देखिने गरी फोन गरिएको रहेछ’ ती अधिकृतले जन प्रहार सँग भने, ‘कसले त्यसरी फोन गर्‍यो भन्ने विषयमा छानबिन जारी छ ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४