Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईजीपी नियुक्तिविरुद्ध परेको रिटकाे आज सुनुवाई हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २१ २०७९
  • 9.3K
    SHARES

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज (बुधबार) सुनुवाई हुँदैछ ।

मन्त्रिपरिषद् बैठले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले यहि वैशाख १९ मा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । आईजीपी नियुक्ति विरुद्धको रिटमा सुनुवाई हुने गरी सर्वोच्च अदालतले बुधबारका लागि पेशी तोकेको हाे ।

आईजीपी नियुक्तिका विषयमा असन्तुष्ट अर्का एआईजी सहकुलबहादुर थापा भने काममा फर्किन सहमत हुनुभएको छ । मन्त्रिपरिषद्को निर्णयप्रति असहमति राखेका विश्वराज पोखरेलले ३० दिन लामो बिदा लिनुभएको छ । आईजीपीको प्रतिस्पर्धामा रहेका विश्वराज अन्य प्रतिस्पर्धी भन्दा १६ महिना अघि एआईजीमा बढुवा हुनुभएको थियो ।

सहकुल थापा नवनियुक्त आईजीपी सिंहभन्दा ९ महिना अघि एआईजीमा बढुवा हुनुभएको हो । आईजीपी सिंह र रवीन्द्रबहादुर धानुक १ महिनाअघि एआईजीमा बढुवा हुनुभएको थियो । आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भएपनि फरक समयमा एआईजीमा बढुवा हुनुभएको थियो । विश्वराज पोखरेललाई २०७७ मंसिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गर्नुभएको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजीमा बढुवा हुनुभएको हो ।

२०७८ चैत १७ मा धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४