Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘सरकार प्रेस स्वतन्त्रताविरुद्धका कानुन संशोधनको तयारीमा छ’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २० २०७९
  • 6.2K
    SHARES

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले संविधान विपरीत प्रेस स्वतन्त्रताविरुद्धका कानुन संशोधन गर्ने तयारीमा सरकार रहेको बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपाल र अनलाइन टिभि पत्रकार सङ्घले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले कुनै पनि खालको प्रेस स्वतन्त्रताविरोधी कानुन ल्याउने पक्षमा नरहेको र यदी त्यस्तो प्रेस स्वतन्त्रता विपरीत कानुन भइरहेको भए पनि संशोधनको पक्षमा रहेको बताए। “नेपाल प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता रहेकोले कानुनमा प्रेस स्वतन्त्रताविरुद्ध कुरा राखिँदैन।”

मन्त्री शर्माले पत्रकारमाथिको निगरानी र घेराबन्दी प्रेस स्वतन्त्रता विपरीत रहेको बताए। सरकारले प्रेसलाई नियन्त्रण र निगरानी नभई जवाफदेही बनाउनुपर्ने उनले बताए। “प्रेसले फौजदारी र देवानी कानुन उल्लङ्घन गर्छ भने नियन्त्रण नभई जवाफदेही बनाउनुपर्दछ,” उनले भने। उनले संसद् लामो समयदेखि सञ्चालन हुन नसक्दा नागरिकसँग प्रत्यक्ष जोडिएका कानुन संशोधन गर्न कठिनाइ भएको भनाइ राखेका छन्।

“लामो समयदेखि संसद सुचारु नहुँदा जनताका आवाज लामो समयदेखि अवरुद्ध छन्,” उनले भने। उनले नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानभन्दा बाहिर गएर सङ्क्रमणकालीन न्याय प्रक्रियाअगाडि बढ्न नसक्ने भन्दै सरकारले त्यही दायराभित्र रहेर नेपालमा विगतमा भएका मानवअधिकारका उल्लङ्घनका घटनालाई सम्बोधन गर्न सुरु गरिसकेको बताए। कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले प्रेस स्वतन्त्रता विपरीत कतिपय कानुन भए पुनःविचार गर्न सरकार तयार रहेको बताए।

प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापको अनुगमन गरिरहेको बताए। वरिष्ठ पत्रकार डा. कुन्दन अर्यालले प्रेससँग सम्बन्धित कानुन बनाउँदा विज्ञको सल्लाहमा बनाउनुपर्ने बताए। उनले अहिले डिजिटल पत्रकारिता बढिरहेकाले यसमा चुनौतीसमेत थपिएको बताए। वरिष्ठ पत्रकार बबिता बस्नेत र सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्बाहाम्फेले सरोकारवालाको सहभागिताबिना नै प्रेससँग सम्बन्धित कानुन नबनाउँदा समस्या आउने गरेको बताए।

मिडिया एक्सनका अध्यक्ष लक्षणदत्त पन्त र अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले पत्रकारिता अहिले डिजिटल माध्यम भएकोले र डिजिटलमा विकृति देखिएकाले नियन्त्रण गर्ने नाममा पत्रकारिता नियन्त्रण गर्न खोजिएको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४