Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकीकृत समाजवादीमा खुले वामदेव गाैतम


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २० २०७९
  • 10.1K
    SHARES

काठमाडाैँ । सक्रिय राजनीतिभन्दा बाहिर रहेका नेता वामदेव गाैतम माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । उनी गीतमार्फत एकीकृत समाजवादीमा खुलेका हुन् । एकीकृत समाजवादीकाे चुनावी गीत गाैतमले लेखेका छन् ।

उनले २०७८ भदाै १८ गते नेकपा एमालेकाे उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । त्यसपछि नेकपा एकता महाअभियान चलाइरहेका उनले एकीकृत समाजवादीकाे चुनावी गीत लेखेका हुन् । गीतकाे बाेल ‘एकीकृत समाजवादी हाम्राे पार्टी हाे’ रहेकाे छ । याे गीत लेखेसँगै उनी एकीकृत समाजवादीमै खुलेकाे बताइएकाे छ ।

  • एकीकृत समाजवादीकाे चुनावी गीत वामदेव गाैतमले लेखे (भिडियोसहित)

माधवकुमार नेपाल नेतृत्वकाे एकीकृत समाजवादीकाे चुनावी गीत नेता वामदेव गाैतमले लेखेका छन् । नेकपा (एमाले) बाट अलग भएर नेकपा एकता महाअभियान चलाइरहेका गाैतमले एकीकृत समाजवादीकाे चुनावी गित लेखेका हुन् । ‘जनता जगाउने कलममा छाप लगाउने’ बाेलकाे चुनावी लेखेका छन् ।

उक्त गीत मंगलबार यूट्युबमा समेत आइसकेकाे छ । उक्त गीतमा स्वयम् गाैतम पनि देखिन्छन् । गाैतमले लेखेकाे गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन् । गीत भने नेपाल मुस्लिम इतेहाद संगठनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४