Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्ट्रलेलियामा एक दशकपछि बढ्यो ब्याजदर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २० २०७९
  • 6.9K
    SHARES

एजेन्सी । अष्ट्रेलियाको केन्द्रीय बैंकले एक दशक भन्दा लामो समयपछि ब्याज दर बढाएको छ ।

बढ्दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्न ब्याजदर बढाइएको हो । रिजर्व बैंक अफ अष्ट्रेलियाले निक्षेपको ब्याजदर शून्य दशलमव १ प्रतिशतबाट बढाएर शून्य दशमलव ३५ प्रतिशत पुर्याएको हो ।

पेट्रोलियम पदार्थ, आवास निर्माण र खाद्यान्नको लागत बढेका कारण पहिलो त्रैमासिक अवधिमा अस्ट्रेलियाको उपभोक्ता मूल्य दुई दशक यताकै तीव्र गतिमा बढेपछि सन् २०१० को अन्त्यपछि पहिलो पटक दर वृद्धि गरिएको हो ।

आरबीएका गभर्नर फिलिप लोवेले मुद्रास्फीति अपेक्षाभन्दा छिटो बृद्धि भए पनि बेरोजगारी कम हुने र ज्याला वृद्धिमा सुधार हुने बताएका छन् । अष्टे«लियामा आमचुनावको तयारी हुदै गर्दै ब्याजदर वृद्धि हुँदा ऋणको ब्याज पनि बढ्ने र त्यसले घरायसी बजेटमा थप दबाब बढ्ने आकंलन गरिएको छ ।

पछिल्लो २१ वर्षमा उच्च मुद्रास्फीति ब्यहोरिरहेको अष्ट्रेलियामा मुद्रास्फिति ५ दशमलव १ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४