Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वर्षौंदेखि उमेर घटाउन भन्दै पिसाब पिउँदा …


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २० २०७९
  • 4.6K
    SHARES

एजेन्सी । इङ्ग्ल्याण्डमा आफ्नो उमेर घटाउन भन्दै वर्षौंदेखि ह्यारी मटादीनले दैनिक रुपमा पिसाब पिउँदा सबै चकित भएका छन ।

ह्यारीले सन् २०१६ देखि पिसाब पिउन थालेको बताएका छन । इङ्ग्ल्याण्डको ह्याम्पशायर निवासी ३४ वर्षीया ह्यारीले पिसाब पिएर आफ्नो उमेर कम गरेको दावी गरेका छन । उनले प्रत्येक दिन आफ्नो पिसाब पिउने गरेका कारण उनी आफ्नो उमेर भन्दा १० वर्ष कान्छो देखिने गरेको र आफू तनावबाट समेत मुक्त भएको बताएका छन । उनको यो विचित्रको अभ्यासले आफूलाई तनावबाट मुक्त गरेको र उमेर भन्दा कान्छो देखिएको समेत दावी गरेका छन ।

न्युयोर्क पोस्टका अनुसार ह्यारीले युरिन थेरापी सुरु गरेपछि शान्त र दृढताको नयाँ अनुभूति भएको बताएका छन । उनले अरूलाई पनि युरिन थेरापी गर्ने सल्लाह समेत दिएका छन । प्रत्येक दिन २ सय मिलीलिटर आफ्नो पिसाब पिउने ह्यारीले बताएका छन । उनले दैनिक पिउने पिसाबमा प्राय महिनौ पुरानो पिसाब पनि हुन्छ ।

तर पनि उनले आफ्नो पिसाब सुपर क्लिन र नराम्रो स्वाद नरहेको दावी गरेका छन । उनले पिसाबलाई पिउन मात्र नभएर आफ्नो अनुहारमा मसाज गर्नका लागि पनि प्रयोग गर्ने समेत गरेका छन । जसका कारण युवा अवस्थामा आएको विश्वास समेत उनले गरेका छन । तर, ह्यारी मटादीनकाे यस्ताे खराब बानीलाई उनका परिवारले भने कुनै सर्मथन गरेका छैनन् ।

डाक्टरका अनुसार पिसाब पिउनु निकै नराम्रो हुन्छ । चिकित्सा विज्ञानले पिसाब पिउने वा अनुहारमा लगाउनाले स्वास्थ्यलाई फाइदा हुने कुनै प्रमाण नभएको बताएको छ । साथै बेलायतका डाक्टर जेफ फोस्टरले पिसाब पिउनु धेरै नराम्रो भएको समेत बताएका छन । डाक्टर फोस्टरका अनुसार पिसाब पिउदा शरीरमा निर्जलीकरण बढाउन सक्छ र ब्याक्टेरिया पनि बनाउन सक्छ ।

पिसाब एक अपशिष्ट उत्पादन हो, जसमा करिब ९० प्रतिशत पानीका साथै अमोनिया, लवण, ब्याक्टेरिया र अन्य फोहोरहरु समेत उत्पादन हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४