Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईपीएलमा चेन्नाई १३ रनले विजयी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १९ २०७९
  • 8.6K
    SHARES

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको छ ।

महेन्द्र सिंह धोनीले कप्तानी सम्हालेपछि चेन्नाईले जितेको यो पहिलो म्याच हो । यसअघि आठ खेलमध्ये चेन्नाईले दुई खेलमात्रै जितेको थियो ।

टस जितेर हैदरावादले चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर ऋतुराज गायकवाड र डेभोन कोनवेबीच पहिलो विकेटका लागि रेकर्ड साझेदारीको मद्दतमा चेन्नाईले २०२ रनको योगफल बनाएको थियो । २०३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो ।

हैदरावादको शुरुवात राम्रो थियो । सुरुवाती ६ ओभरमा लगभग १० को औसतमा रन बटुलेको थियो । यसै ओभरको अन्तिम बलमा अभिषेक शर्मा ३९ रन बनाएर आउट भए ।

हैदरावादका लागि निकोलस पुरनले ३३ बलमा अविजित ६४ रन बनाए । अन्तिम ओभरमा उनले ३ छक्का र एक चौकाको मद्दतमा २३ रन बनाएका थिए ।
बलिङतर्फ चेन्नाईका मुकेश चौधरीले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाईका लागि ऋतुराज गायकवाडले ९९ रन बनाए । यसैगरी डेभोन कोनवेले अविजित ८५ रन बनाए । दुवैले पहिलो विकेटका लागि १८२ रनको साझेदारी गरे । चेन्नाईका लागि आईपीएलमा पहिलो विकेटका लागि भएको साझेदारीको यो नयाँ रेकर्ड हो । गायकवाड प्लेयर अफ द म्याच भए ।

ऋतुराजपछि कप्तान धोनी पिचमा आए तर उनी ८ रन मात्रै बनाएर आउट भए । रविन्द्र जडेजा १ रन मात्रै जोडे ।

बलिङतर्फ हैदरावादका टी नटराजनले २ विकेट लिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४