Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैशाख १९ गते सोमबार, यस्तो छ पञ्चाङ्ग र तपाइको आजको राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १९ २०७९
  • 10.3K
    SHARES

                                                                         पञ्चाङ्ग
वि.सं. वैशाख १९, २०७८ । ई.सं. २ मे २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ चौलाथ्व । नल उत्तरायण वसन्त । सोमबार वैशाख शुक्लपक्ष । तिथि-द्वितिय, २७:५९ बजे उप्रान्त तृतीया । नक्षत्र- कृत्तिका, २३:४० बजे उप्रान्त रोहिणी । योग- सौभाग्य, १५:०९ बजे उप्रान्त शोभन । करण- वालव १५:१३ बजेदेखि कौलव, २७:५९ बजे उप्रान्त गर । चन्द्रराशि वृष । आनन्दादि योग स्थिर । दिनमान ३२।५८ । सूर्योदय ५:२६ । सूर्यास्त १८:३७ । चन्द्रोदय ।

                                                                  राशिफल

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। अभिव्यक्तिले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतिष्ठित काम गर्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। दण्ड वा जरिवानामा परिने वा छर–छिमेकमा असमझदारी बढ्ने योग छ, धैर्यले काम लिनुहोला। तापनि, प्रतिस्पर्धा र वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ। काम वा बसाइमा स्थानान्तरण सम्भावना छ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आम्दानी बढ्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदाको योग छ। तर, आज श्रमको भने समुचित मूल्यांकन नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ। मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्तै फाइदा हुनेछ। मातापिताको आशीर्वाद र सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम पनि बन्नेछन्। नयाँ काम हात पार्ने मौका छ। तर, अरूका जिम्मेवारी पनि वहन गर्नुपर्ला। धार्मिक तथा सामाजिक गतिविधिबाट प्रतिष्ठा पाइनेछ। पढाइमा प्रगति हुनेछ। परिश्रम परे पनि सफलता मिल्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। अस्वस्थताले भने सताउन सक्छ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

अरूका काममा धेरै समय खर्चनुपर्ला। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिवारजनको साथले नयाँ आशा जगाउनेछ। दाम्पत्य जीवन आनन्दमय बन्नेछ। मन मिल्ने साथीसँग भेट हुनेछ। रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। नयाँ सवारी साधन प्राप्तिको योग छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। द्वेष गर्नेहरू स्वयं परास्त हुनेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। नयाँ काम थालनी हुनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसर जुटे पनि अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले निराश तुल्याउन सक्छ। अध्ययनमा जुट्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। योजना गोप्य राख्नुहोला।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि तथा पशुपालनमा मनग्य फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। नयाँ काम थालनी हुनेछ।

 हाम्रो नेपाली पात्रोबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४