Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेरो उम्मेदवारी समुनन्त गोकुलगंगा गाउँपालिका कांग्रेस उम्मेदवार खड्का ! चुनाव जित्ने दावी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १८ २०७९
  • 10K
    SHARES

काठमाडौं । रामेछाप नेपाली काग्रेसबाट गोकुलगंगा गाउँपालिका प्रमुखका उम्मेदवार रहेका काजी बहादुर खड्का ( दिनेशले ) आफ्नो जीवनको लक्ष्य नै गोकुलगंगा गाउँपालिकालाई समुनन्त बनाउने एकमात्र अभिषट लक्ष्य रहेको बताएका छन् ।

गोकुलगंगा गाउँपालिका विविध सम्भावनाले भरिपूर्ण भएता पनि विगतको ५ बर्षमा राजनीतिक नेतृत्वबाट ठुलो क्षति व्यहोर्नु परेको खड्काले बताए । खड्काले आफु बिजय भएसंगै बिगतको नेतृत्वले गोकुलगंगा गाउँपालिकामा पुर्याएको क्षतिको खाडललाई परिपूर्ण गरी एक समुनन्त पालिका बनाउने योजना रहेको बताएका छन् ।

विगतमा जनप्रतिनिधिहरुको आन्तरिक खिचातानीका कारण गोकुलगंगाका नागरिकहरुका सामान्य जनजिवीका सँग जोडिएका विषयहरु समेत सम्बोधन हुन नसेको कारण गोकुलगंगा गाउँपालिका समग्र रुपमा पछि परेकोले अबको नेतृत्वबाट गोकुलगंगा गाउँपालिकाको  समग्र विकासको गतिलाई अगाडि बढाई दिगो विकासको अवधारण अनुरुपनै पालिकको स्रोत साधनको उच्चतम प्रयोग गर्दै समुन्नत बनाउने विकास मोडल आफूसँग रहेको हुँदा त्यसको लागि निर्वाचनमा गोकुलगंगा गाउँपालिकावासी नागरिकहरुले आफूलाई विजय गराउनेमा विश्वस्त रहेको खड्काले बताएका छन् ।

विगतको पाच बर्षमा कुनैपनि दिगो विकासका ठोस कार्यहरु हुन नसकेको हुँदा नागरिकको जीवनस्तर र समग्र पालिका विकासको गतिबाट पछाडी धकेलिएको निष्कर्ष सहित खड्काले गोकुलगंगालाई अबको पाँच वर्षमा पालिकाको समग्र विकासको गतिलाई अगाडि बढाउन २० बुँदे योजनाहरु अगाडि सारेका छन् ।

 खड्काले अघि सारेको समुनन्त गोकुलगंगा गाउँपालिका भित्र के हुनेछ ?

  •  गाउँपालिकाको सबै वडाहरुका बाह्रै महिना मोटर चल्न सक्ने सडक ।
  • भौतिक संरचनाका हिसाबले कमजोर विद्यालयहरुमा भौतिक संरचानहरु र शिक्षाको गुणस्तरका लागि शिक्षक तालिम, योजना सहितको शैक्षिक शत्र संचालन, आधुनीक प्राथमिक शिक्षा साथै उच्च र प्राविधिक शिक्षा पालिका भित्रै ।
  • गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक र जनप्रतिनिधि सहितको संजाल ।
  • महिला बालबालिकाहरुका लागि सुरक्षित गाउँपालिका ।
  • वडास्तरमा स्वास्थ्य संस्थाको स्थापना र स्तरोन्ती गरी प्राथमिक स्वास्थ्य उपचार आफ्नै वडाबाट निशुल्क ।
  • गाउँपालिकाबाट संचालित सबै योजनाहरु पारदर्शियता ढंगबाट संचालन ।
  • विपद् व्यवस्थापन, राहत वितरण र अप्ठ्यारोमा जनप्रतिनिधि कार्यक्रम शिघ्रताका साथ संचालन ।
  • वातावरण संरक्षण योजना, वडा नं. १ चुचुरे, वडा नं. ६ फर्पु लगाएतका वडाहरुमा भुक्ष्य नियन्त्रण र जोखिम बस्तीको संरक्षण र वस्ती स्थानान्तरण ।
  • वडा नं. १ चुचुरे गाउँलाई आलु पकेट क्षेत्रको रुपमा विकास ।
  • सवै वडाहरुबाट घटना दर्ता अनलाइन प्रणालीबाट संचालन र व्यवस्थापन ।
  • गाउँपालिका भवन निर्माण र प्रशासनीक क्षेत्रमा सुशासन, पार्दशियता, जवाफदेही जनप्रतिनिधी, भ्रष्ट्राचारमुक्त पालिका ।
  • प्रत्येक आ.ब.हरुको अन्त्यमा पालिकको आम्दानी तथा खर्चको सम्बन्धमा आम नागरिक, सबै राजनीतिक दल तथा सरोकारवाला व्यक्तित्वको उपस्थितिमा सार्वजनिकरण र अनुमोदन गर्ने व्यवस्था ।
  • सबै वडाहरुमा व्यवस्थित खानेपानी, सुक्खा क्षेत्रहरुमा सिंचाईको व्यवस्था, हरियाली पालिका ।
  • युवालाई शिपयुक्त बनाई कृषि, पशुपालन, व्यापार, व्यवसाय गर्न अनुदान र गाउँपालिकासँगको समन्वयमा बैङ्कबाट सहुलियत कर्जाको व्यवस्था ।
  • समयमा नै विउविजन, रासायनीक मलको व्यवस्था तथा कृषि विमाको व्यवस्था ।
  • गाउँपालिका भित्र उत्पादित बस्तुहरुको पालिकाको समन्वयमा बजारिकरण ।
  • सबै प्रकारका सामाजिक सुरक्षा भत्ता घरघरमा ।
  • वृद्धवृद्धाहरुको घरमा नै निःशुल्क स्वास्थ्य परीक्षण।
  • पुरातात्विक वस्तु तथा स्थान, धार्मिक स्थलहरुको संरक्षण, संवर्द्धन, जातीय पहिचानका रितिरीवाज, प्रथा, चालचलनको सम्मान र सामाजिक सहिश्रुणता र सद्भावनमा वृद्धि ।
  • सम्पन्नता सहितको सबै गोकुलगंगा गाउँपालिका वासीको सम्मानित जीवन

उम्मेद्वार खड्का भन्छन मैले समुन्नत गोकुलगंगा गाउँपालिका बनाउन अघि सारेका सबै योजनाहरु सबै राजनीतिक दल, विकास सम्वद्ध विज्ञ, सरोकारवाला, विचको समन्वय, सल्लाह र सुझावबाट समग्र गाउँपालिका विकासको पाच बर्षे समुनन्त विकास योजना तयार गरी कार्य योजना र कार्यातालिका सहित इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता आम गोकुलगंगा गाउँपालिकावासी नागरिकहरु माझ राखेको र आफ्नो विजय सुनिश्चित रहेको बताउँछन । काँग्रेसबाट उम्मेद्वार रहेका खड्काले नेकपा एमालेका खड्ग बहादुर सुनुवार र नेकपा एकिकृत समाजवादी तथा माओवादी केन्द्र विचको गठबन्धनका

उम्मेद्वार फुयाल विच प्रतिस्पर्धा हुनेछ ।

 खड्काको राजनीतिक यात्रा र स्वभाव

 प्रजातान्त्रिक आन्दोलनमा नेपालतरुण दलको रामेछाप जिल्ला अध्यक्षको हैसियतबाट सक्रिय राजनीतिमा उदायका खड्कासँग राजनीतिक अनुभवको यात्रा भने लामो छ । राजनीतिलाई आम नागरिकलाई सवल‚ सक्षम‚ व्यवस्थालाई परिस्कृत र राष्ट्रलाई समुनन्त बनाउने कडी ठान्ने उनी गोकुलगंगा गाउँपालिका भित्रका आम नागरिकहरुको जीवनस्तर परिवर्तनका लागि जीवनस्तरसँग जोडिएका विविध विषयहरुलाई इमानदारीताका साथ सम्वोधन गर्ने र मागमा आधारित विकास योजनाहरुलाई आफुले बढि प्राथमिकता दिने बताउँछन ।

 सालिन‚ भद्र र मिजासिलो बानीव्यहार भएका उनी राजनीतिक रुपमा गोकुलगंगा गाउँपालिकाको वडा नं ५ साविक नामाडी गाविसबाट राजनीतिक यात्रा सुरु गरेकाले स्थानीय स्तरका नागरिकहरुका समस्याहरुमा राम्रोसँग परिचित उनीलाई एक अशल व्यक्तित्वका रुपमा आम नागरिकहरुले लिने गरेका छन ।

 गोकुलगगा गाउँपालिकामा काग्रेसबाट उम्मेदवार बनेका काजी बहादुर खडका (दिनेश)ले स्थानीय तहमा आफ्नो पार्टीले निर्वाचन जित्ने दावी गरेका छन् । चुनाव प्रचार प्रसार अन्तर्गत आज गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गाउँपालिकामा चुनाव जित्नको लागि पार्टीको सांगठनिक अवस्था बलियो रहेको बताएका हुन् ।

उनले आफू निर्वाचित भएपछि गोकुलगंगालाई समृद्ध बनाउने योजना अघि सारेको बताउदै गाउँपालिकाको विकास गर्न सबैको साथ र सहयोग लिएर अघि बढने बताए । उनले गाउँपालिकाको विकास र समृद्धिको लागि आफ्नो पार्टीलाई मत दिन पनि आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४