Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिजमा आज प्रतिस्पर्धा गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १७ २०७९
  • 7.3K
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शनिबार जिम्बावे ‘ए’ सँगको तीन एकदिवसिय सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।खेल टियु क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने छ ।

शनिबार नेपाल जिम्बावेलाई हराउँदै सिरिजका सुखद सुरुवात गर्ने योजनामा रहेको छ । तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन ।

जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुवात गर्न चाहन्छ । नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो ।

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो । नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ ।

एकदिवसीयपछि नेपालले टी–ट्वान्टी सिरिज खेल्नेछ । टी–ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४