Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलात्कारका घटना बढेपछि गर्भनिरोधक चक्की वितरण गरिँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १७ २०७९
  • 10.1K
    SHARES

किभ । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा बलात्कारका घटना वृद्धि भएपछि दातृ संस्थाहरू त्यहाँका अस्पतालहरूमा आपत्कालीन गर्भनिरोधक चक्की उपलब्ध गराउन लागिपरेका छन् ।

रुसी आक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकका विभिन्न क्षेत्रमा झण्डै ३ हजार प्याकेट ‘मर्निंग–आफ्टर पिल्स’ पठाइएका छन् । इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडेरेसन (आइपीपीएफ) ले उपलब्ध गराएका खाने गर्भनिरोधक चक्की स्वयंसेवकहरूले वितरण गरिरहेका छन् ।

यस कार्यमा संलग्न समूहका क्यारोलिन हिक्सनले यी पिल्सहरू कहिले वितरण गन्छिन् भन्ने सही समय वास्तवमा निकै महत्वपूर्ण हुने बताउँछिन् । उनले बीबीसीलाई भनिन्, “पाँच दिनको अवधिमा यो चक्की खाइयो भने गर्भाधारण रोक्न प्रभावकारी हुन्छ । यदि कोही लैङ्गिक हिंसाको सिकार भएका छन् भने सकेसम्म छिटो यो चक्की सेवन गर्नुपर्दछ किनभने बलात्कारको कारण गर्भवती बन्नु अभिशाप जस्तै हुन्छ ।”

यो चक्की गर्भाधारण भएको २४ साता सम्म प्रयोग गर्न सकिन्छ । हिक्सनले सहमतिमै यौन सम्पर्क भएपनि गर्भवती हुने समय उपयुक्त भइनसकेको जस्तो लागेको अवस्थामा पनि उक्त चक्की प्रयोग गर्न सकिने बताइन् ।

युक्रेनमा संयुक्त राष्ट्र संघको जनसङ्ख्या कोषले पनि मातृत्व सम्बन्धी आवश्यक औषधि उपलब्ध गराइरहेको छ ।   

बीबीसीबाट । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४