Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामाजिक सञ्जालमा पत्रकारले के गर्न पाउँछन्/पाउँदैनन् ? यसो भन्छन् काउन्सिल अध्यक्ष


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १६ २०७९
  • 11K
    SHARES

काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थानीय तहकाे निर्वाचनमा पत्रकारलाई संयमित बन्न आग्रह गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचन आचारसंहिता एवं पत्रकार आचारसंहिता अनिवार्य रूपमा पालना गर्न आग्रह गरे । निर्वाचन आयोगले मिडिया अनुगमन गर्ने काम प्रेस काउन्सिललाई दिएको बताउँदै उनले विभिन्न प्रदेशमा जिल्लाका सम्पूर्ण पत्रकारको गतिविधि निगरानी गर्न टोली खटाएको जानकारी दिए ।

‘काउन्सिलले आफ्नै संयन्त्र प्रयोग गरी पत्रकारले सामाजिक सञ्जाल कसरी प्रयोग गरिरहेका छन् भन्ने विषयमा निगरानी गरिरहेकाे छ,’ जन प्रहारसंगको कुराकानीमा उनले भने । चुनाव अवधिमा सञ्चारकर्मी तथा सञ्चार माध्यमहरू निकै नै संवेदनशील हुनुपर्नेमा उनले जाेड दिए । ‘गम्भीर प्रकृतिको सामग्री राखेको अवस्थामा प्रेस काउन्सिलले पत्रकार वा सञ्चार माध्यमलाई फोन गरेर नै सम्झाउने गरेको छ,’ उनले भने, ‘कुनै पनि सञ्चारकर्मी वा सञ्चार माध्यमले चुनावी माहोललाई प्रभावित पारेको खण्डमा प्रेस काउन्सिलले घटनाको प्रकृति हेरेर कारवाही गर्छ ।’

पत्रकारले निर्वाचनलाई लक्षित गरी कसैको पक्ष वा विपक्षमा लागेर काम गर्नु पेशागत धर्म विपरीत रहेकाे उनकाे भनाइ छ ।

‘यदि कुनै पनि पत्रकारले कसैको पूर्वाग्रहमा लागेर वा कसैका पक्षमा लागेर समाचार लेख्यो वा पोस्ट गर्‍यो भने समाजले पत्याउँदैनन् वा एउटाको मात्र पक्षको वकालत गर्छ बनेर धारणा बनाउँछ’ उनले भने, ‘त्यसो गर्दा उनीहरूमाथि आरोप त लाग्छ । साथसाथै सम्पूर्ण पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न आउँछ ।’ पत्रकारले चुनावी अवधिमा केही लेख्नै नहुने भन्ने नभएको बस्नेत बताउँछन् । समाजमा विकास वा समाज परिवर्तनमा पत्रकार र पत्रकारिताको ठूलो भूमिका हुने भएकाले निष्पक्ष वकालत गर्न उनकाे आग्रह छ ।

‘पत्रकारले कसैले गरेका राम्रा काम वा विचारबारे आफ्ना सामाजिक सञ्जालमा विचार राख्न पाउँछन् । तर, त्यसलाई कसरी राखेको छ भन्ने कुराको निगरानी प्रेस काउन्सिलले गरिरहेको हुन्छ,’ उनले भने । यदि कुनै कारणवश केही आपत्तिजनक कुरा बाहिरिएको खण्डमा काउन्सिलले पत्रकारबाट स्पष्टीकरण लिएर घटनाको प्रकृति हेरी कारवाही गर्ने उनले बताए ।

‘एउटा पत्रकारका नाताले सबै उम्मेदवारले के के गरेका छन्, वा कुन कुन एजेण्डामा काम गर्ने प्रतिबद्धता जनाएका छन् भन्ने कुरा आफ्नो मिडिया वा सामाजिक सञ्जालमा राख्न पाउँछन् । कुनै एउटै उम्मेदवार, पार्टी वा व्यक्तिका बारेमा प्रचार वा गुणगान गाउने काम गर्न पाउँदैनन् र गर्नु हुँदैन पनि,’ उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४