Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्ता छन् मेयरकी उम्मेदवार सिर्जनाका ७ संकल्प ‘मलाई जिताउनुस्, महानगरकाे शिर उच्च राख्छु’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १५ २०७९
  • 4.8K
    SHARES

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकामा मेयर पदकाे उम्मेदवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले आफूले जिते महानगरकाे मुहार फेरिने संकल्प गरेकी छन् । बिहीबार बबरमहलस्थित कार्की बैंक्वेटमा आयाेजित कार्यक्रमका बीच संकल्पपत्र सार्वजनिक गर्दै सिंहले यस्ताे बताएकी हुन् । ‘म आग्रह गर्छु,’ उनले भनिन्, ‘मलाई जिताउनुस् म महानगरकाे शिर उच्च राख्छु, महानगरकाे मुहार फेर्छु ।

उनले ७ संकल्प सार्वजनिक गरेकी छन् । उनकाे ७ संकल्पमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, दिगो पर्यटन, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार, स्वावलम्बी महिला, सबल युवा, सृजनशील महानगरवासी छन् ।

सिंहले महिलाहरूका लागि विशेष कार्यक्रम अघि बढाउने प्रण गरेकी छन् । ‘रातिसम्म काम गरेर सहज हिँड्डुल गर्न गाह्रो छ,’ उनले भनिन्, ‘म मेयर भए त्यो समस्या हटाउँछु । त्यसका लागि झिलिमिली सडक बनाएर, सिसिटिभी क्यामराहरू राख्छु । म छाेरी/महिलाहरूलाई रातभरी काठमाडाैँमा हिँड्डुल गर्नसक्ने बनाउँछु, सुरक्षित राख्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४