काठमाडौँ । रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं.३ रामेछाप जिल्लाको उत्तरी भेगमा पर्छ । रामेछापको भेग उत्तरी(विकट) उमाकुण्ड गाउँपालिका वडा नं.३ कुबुकास्थलिमा घर भइ बुवा कृष्ण बहादुर कटुवाल र आमा सन्तमाया कटुवालका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका जित बहादुर कटुवाल बिगत लामो समय देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय व्यक्ति हुन्। भद्र स्वभाबका उनि एक सफल व्यावसायी तथा समाज सेवीका रुपमा परिचित नाम हो ।
जित बहादुर कटुवाल पाटीको काममा पनि सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छन् भने आगामी स्थानीय निर्वाचनमा उमाकुण्ड गाउँपालिकामा पालिका अध्यक्षमा उम्मेदवार हुन् कटुवाल सो गाउँपालिकामा अघिल्लोपटक नेकपा एमालेको सरकार थियो भने सो सरकारको पालामा भएको भ्रस्टाचारलाई निर्मुल पार्न र व्यापक रुपमा उमाकुण्ड गाउँपालिकामा बिकाशको लहर ल्याउनको लागि पनि कटुवालले जित्न आबश्यक रहेको स्थानीयवासीले बताएका छन् ।
उमाकुण्डको बिकट ठाउँ कुबुकास्थलीमा जन्मिएका कटुवाललाई चिन्नीहरु भन्छन उनि यस गाउँपालिकामा अति आवश्यक व्यक्तित्व हुन् उनलाई जिताउनु पर्छ । कटुवाललाई जिताउन सफल भयौ भने हाम्रो उमाकुण्ड गाउँपालिकाले विकाशको मुहार फेर्ने छ अहिले भएको भ्रष्टाचारको जालो तोडिने छ ।

विकाशलाई गति दिनको लागि पनि जित बहादुर कटुवालले चुनाव जितन जरुरि छ र अहिलेको अवस्थामा युवा पुस्तालाई जिताउनु पर्छ ।
सबैलाई समेटेर लैजानु पर्छ त्यो काम अहिलेको अवास्थामा जित बहादुर कटुवालले मात्र गर्न सक्ने कुरा त्यहाँका स्थानीय वासीहरुको भनाइ रहेको छ । त्यहाँको माहोल हेर्दा लाग्छ ।
जित सुनिचित जस्तै भएको उमाकुण्ड गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्षमा जित निकालेर विकासको मुल फुटाएर कटुवालले जनताको आस्था र विश्वासलाई जीवित राख्ने विश्वास त्यहाका स्थानीयबासीहरुले गरेका छन् भने अब उमाकुण्डमा कटुवालको जित सुनिस्चित जस्तै भएको छ।

