Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५२० जनप्रतिनिधिका लागि २१०० उम्मेदवार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १३ २०७९
  • 4.9K
    SHARES

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि दाङमा ५ सय २० पदमा जनप्रतिनिधि चुनिने छन् । जिल्लाका १० पालिका, एक सय वडा बाट ५ सय २० जना निर्वाचित हुने संरचना रहेको छ । सोमबार सकिएकमे मनोनयन दर्तामा चौगुणा बढीको उमेदवारी परेको छ ।

जनप्रतिनिधि बन्न दाङमा २ हजार १ सय जनाले उमेदवारी मनोनयन गराएका छन् । दुई उपमहानगरसहित १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र एक सय वटा वडा अध्यक्ष र सदस्य पदका लागि जिल्लाका २ हजार १ सय ९१ जनाको उमेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

विवरण अनुसार दुई उपमहानगरसहित दश पालिकाका अध्यक्ष तथा प्रमुखका लागि ८३ जनाको उमेदवारी दिएका छन् । यस्तै, उपप्रमुख तथा उपाध्यक्षका लागि ५९ जनाको उमेदवारी मनोनयन गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, एक सय वडाका लागि ५ सय १९ जनाको वडा अध्यक्षमा उमेदवारी परेको छ । यसैगरी खुल्ला सदस्यमा ७१७, महिला सदस्यमा ३ सय ८१, महिला दलित सदस्यमा ३ सय ५२ जनाको उमेदवारी मनोनयन गरिएको छ ।

दाङमा प्रमुख, उप्रमुख, अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्या, महिला दलित सदस्य, खुल्ला सदस्य गरी ५ सय २० पदका लागि चौ गुणाबढी उमेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिनुभयो । घोराहीमा ४४०, तुलसीपुरमा ४९९, दंगिशरणमा १५६, बंगलाचुलीमा ११५ जनाको उमेदवारी परेको छ ।

यस्तै बबईमा १५७, राजपुरमा १८८, राप्तीमा २३३, लमहीमा १४७, शान्तिनगरमा १३६ र गढवामा १२० जनाको उमेदवारी परेको छ ।

देशभरका स्थानीय तहमा जनप्रतिनिधि बन्न चाहने आकांक्षीहरूले उम्मेद्वारी दर्ता गराएका छन् । ठूला दलको तर्फबाट चुनाबी मैदानमा रहेकाहरूले दलबल सहित निर्वाचन आयोग तथा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४