Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनका लागि देशभर १ लाख ४१ हजारकाे उम्मेदवारी दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १३ २०७९
  • 5.8K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले देशभरका ७ सय ५३ स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार नाघेको जनाएको छ ।

आयोगले आज (मंगलबार) बिहान १०ः३० बजे अध्यावधिक गरेको विवरण अनुसार मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४१ हजार ४ सय ६८ पुगेको हो । महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा ३ हजार ३ सय १८, नगर उपप्रमुखमा २ हजार ३६ जनाको उम्मेदवारी परेको छ ।

गाउँपालिकाको अध्यक्षमा ३ हजार ३ सय ६ र उपाध्यक्षमा २ हजार ३ सय ४३ जनाको उम्मेदवारी परेको हो । वडा अध्यक्षमा ३३ हजार १ सय ११, महिला सदस्यमा २४ हजार २ सय ८३, दलित महिला सदस्यमा २१ हजार ९ सय ७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको पनि आयोगले जनाएको छ । यता, काठमाडौँ महानगरपालिकाको प्रमुखमा ५६ जनाले उम्मेदवारी दर्ता गराउँदा उपप्रमुखमा ३१ जनाको उम्मेदवारी परेको छ।

मेयरमा उम्मेदवारी दिने २१ जना विभिन्न दलका उम्मेदवार रहँदा ३५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । जसमा ८ जना महिला रहेकाे निर्वाचन आयोगले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४