Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपसचिवबाट राजीनामा दिएका भुसालले टिकट नपाएपछि भने- ‘राजनीति सम्भावनाकाे खेल रहेछ’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १३ २०७९
  • 5.6K
    SHARES

काठमाडाैँ । नवलपुरको देवचुली नगरपालिकाकाे मेयरमा लड्न भन्दै नेपाल सरकारकाे उपसचिव पदबाट राजीनामा दिएका विष्णुप्रसाद भुसालले टिकट पाएनन् । मेयरमा उठ्न भनेर राजीनामा दिएर नवलपुर हान्निएका उनलाई नेपाली कांग्रेसले साेमबार मनाेनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि टिकट नै दिएन । यसपछि उनी ‘भुइँकाे टिप्न खाेज्दा पाेल्टाेकाे पनि गुम्याे’ भनेझैँ भएका छन् ।

टिकट नपाएपछि उनले उम्मेदवारी दर्ता गर्न पाएनन् । यसपछि उनले जन प्रहारसँग भनेका छन्, ‘राजनीति भनेकाे सम्भावनाकाे खेल रहेछ । राजनीति भनेकाे गाह्राे हुँदाे रहेछ । सम्भावनाकाे खेल भएकै कारण मैले टिकट पाइनँ ।’

देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा समेत काम गरेका थिए । देवचुलीमा कांग्रेसले अशोक बस्ताकोटीलाई मेयर उम्मेदवार बनाएको छ । माओवादी केन्द्रलाई उपमेयर दिएर यी दुई दलबीच नगरपालिकामा गठबन्धन भएको छ ।

यस्ताे अवस्थामा उनले टिकट लिन सकेनन् । भुसालले दिएकाे राजीनामा भने स्वीकृत भइसकेकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४