Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावी मैदानमा १ लाख ४१ हजार बढी उम्मेदवार, कुन प्रदेशमा कति ? (सूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १३ २०७९
  • 7.3K
    SHARES

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या १ लाख ४१ हजार ४ सय नाघेको छ । देशभरका ७५३ पालिकामा प्रमुख, उपप्रमुख वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या १ लाख ४१ हजार ४ सय नाघेको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १ लाख ४१ हजार ४ सय ६७ जनाको उम्मेदवारी परेको छ । जसअनुसार महानगरपालिकाका प्रमुखमा ३ हजार २ सय ६१ जनाले आवेदन दिएका छन् । यस्तै ३ हजार २ सय ५४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

उपप्रमुख पदमा २ हजार ३ जनाको आवेदन परेको छ । उपाध्यक्ष पदका लागि २ हजार २ सय ९२ जनाको आवेदन परेको छ । वडाध्यक्षको लागि ३२ हजार ५९ जनाले आवेदन दिएका छन् । महिला सदस्यमा २३ हजार ३ सय ७५ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्यमा २१ हजार १ सय १५ र सदस्य पदका लागि ४८ हजार ९ सय १० जनाको आवेदन परेको छ ।

राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको नामावली प्रकाशन हुनेछ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तय भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४