Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा कांग्रेसले टुंगो लगायो आठ वटै स्थानीय तहका उम्मेदवारहरु (नामसहित)


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १२ २०७९
  • 7.6K
    SHARES

©नेत्र बहादुर कार्की

काठमाडाैँ । नेपाली कांग्रेस रामेछापले जिल्लाको आठ वटै स्थानीय तहको उम्मेदवारहरु टुंगो लगाएको छ । आइतवार राती कांग्रेसले जिल्लाको आठ वटै स्थानीय तहमा पार्टीबाट नगरपालिका र गाउँपालिकाका प्रमुख÷उपप्रमुखको उम्मेदवार टुंगो लगाएको हो । रामेछाप कांग्रेसका सभापति पूर्णबहादुर तामाङ कान्छारामले पार्टीले युवा पुस्तालाई प्राथकिता दिएर टिकट दिएको जन प्रहारलाई बताएका हुन्  ।

कांग्रेस मन्थली नगरपालिकाको नगर प्रमुखमा बिनोद कार्की, नगर उपप्रमुखमा यशोधा श्रेष्ठले टिकट पाउदा रामेछाप नगरपालिकामा कांग्रेस रामेछाप निवर्तमान सभापति समेत रहेका लवश्री न्यौपाले नगर प्रमुखको उम्मेदवार बनेका छन् भने नगर उपप्रमुखका टिकट सुशिला लामाले पाएकी छिन् ।
कांग्रेसले लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा केशव महत र उपाध्यक्षमा सरस्वती गुरुङ खड्कालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

त्यसैगरी उमाकुण्ड गाउँपालिमा कांग्रेसबाट जितबहादुर कटुवाल अध्यक्षको उम्मेदवार बनेका छन भने उपाध्यक्षमा सावित्री सुनुवारले टिकट पाएकी छिन् । गोकुलगंगा गाउँपालिकामा कांग्रेसका रामेछापका सचिव समेत रहेका काजी बहादुर खड्का (दिनेश) गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका छन भने उपाध्यक्षमा उषा वस्नेत कार्कीलाई उम्मेदवार बनाएको छ ।

दोरम्बामा अध्यक्षमा कांग्रेसबाट मानबहादुर लामा र उपाध्यक्षमा खमला थापामगरलाई उम्मेदवार बनाएको काग्रेसले सुनापति गाउँपालिकामा कमान खड्का (दिपेन्द्र)लाई अध्यक्ष र शान्ति मोक्तानलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले खाँडादेवी गाउँपालिकाको अध्यक्षको उम्मेदवार नवराज थोकरलाई बनाएको छ भने उपाध्यक्षमा चण्डिका उप्रेतीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले आठ आठ वटै स्थानीय तहमा प्रमुख उपप्रमुख र वडा अध्यक्ष एवं वडा सदस्य पदको लागि उम्मेदवार दिने कार्यक्रम रहेको सभापति तामाङले जन प्रहारलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४