Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनको तर्फबाट विराटनगरकाे प्रमुख उपप्रमुखमा मनाेनयन दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १२ २०७९
  • 6.4K
    SHARES

विराटनगर । गठबन्धनको तर्फबाट विराटनगरको प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता भएको छ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपसभापति नागेश काेइरालाले प्रमुखमा मनाेनयन दर्ता गराएका छन् भने उनीसँगै जनता समाजवादी पार्टीको तर्फबाट उपमेयरमा अमरेन्द्र यादवले मनाेनयन दर्ता गराएका छन्।

रस्साकस्सीका बिच उम्मेदवारकाे लागि टिकट पाएका काेइरालाले मनाेनयन दर्तापछि प्रतिक्रिया दिँदै विराटनगरमा अस्वाभाविक बढाइएकाे करकाे दर घटाउने र दायरा बढाउने बताएका छन्।

विराटनगरकाे स्वास्थ्य, सरसफाइ , खानेपानी र ढल निकासकाे व्यवस्थापन प्राथमिकता पर्ने उनले बताए। असन्तुष्टलाई मिलाएर लग्ने दाबी गरेका काेइरालाले टिकट नपाएको विषयमा मन दुखाउनु नहुने धारणा राखेका छन्।

त्यस्तै, जसपाबाट उपप्रमुखका उम्मेदवार यादवले गठबन्धनले आफूलाई विश्वास गरेका कारण जित आफ्नै हुने दाबी गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४