Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ११ २०७९
  • 5.5K
    SHARES

©नेत्र बहादुर कार्की

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले ११ र १२ वैशाख (आज र भोलि)का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन् ।

निर्वाचन आयोगले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मनोनयन दर्ताको मिति शुरु भएसँगै निर्वाचनको तयारी एक चरणबाट टुंगिएर अर्को चरणमा प्रवेश गरेको बताए । ‘निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन तयारीको सबै (काम) सम्पन्न गरेको छ’ उनले भने, ‘अब उम्मेद्वारी, मतदान, मतगणना र नतिजा प्रकाशनको कामतर्फ उन्मुख हुँदैछ ।

उम्मेद्वारी दर्ताका क्रममा आचारसंहिताको पालनामा आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ । मनोनयन दर्ताका क्रममा झडप र अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनलाई अनुरोध गरिएको थपलियाले बताए । उनले भने, ‘मनोनयन दर्ताका क्रममा निस्कने जुलुसले असहज र झडपको स्थिति आउनु हुँदैन । त्यसका लागि स्थानीय प्रशासनले शान्ति सुरक्षाका लागि गर्नुपर्ने काम गर्नेछ ।

देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख तथा मेयर र उपप्रमुख तथा उपमेयर पदका लागि मनोनयन हुनेछ ।

त्यसैगरी देशभरका स्थानीय तहमा ६७४३ वडाहरु छन् । हरेक वडाका लागि एकजना वडाध्यक्ष, दुईजना वडा सदस्य, एकजना महिला सदस्य र एकजना दलित महिला सदस्यका लागि मनोनयन दर्ता हुनेछ । देशभरका स्थानीय तहमा निम्न पदमा मनोनयन हुनेछ–

पालिका पद सङ्ख्या कूल सङ्ख्या
नगरपालिका मेयर २९३ २९३
उपमेयर २९३ २९३
गाउँपालिका अध्यक्ष ४६० ४६०
उपाध्यक्ष ४६० ४६०
वडा तह वडाध्यक्ष ६७४३ ६७४३
वडा सदस्य ६७४३×२ १३४८६
महिला सदस्य ६७४३ ६७४३
दलित महिला सदस्य ६७४३ ६७४३
कूल जनप्रतिनिधिको सङ्ख्या ३५२२१

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मापदण्ड तोकेको छ । उम्मेद्वार हुन नेपाली नागरिक हुनुपर्ने पहिलो शर्त छ । साथै २१ वर्ष पूरा भएको, आफ्नो क्षेत्रमा मतदाना नामावली भएको र कुनै कानूनले अयोग्य नभएको हुनुपर्नेछ । त्यसका साथै आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ मा भएको व्यवस्था अनुसार उम्मेद्वार बन्नका लागि अरु मापदण्डहरु पनि तोकेको छ ।

यसका साथसाथै पद अनुसार उम्मेद्वारहरुले फरक–फरक खालका कागजात पेश गर्नुपर्छ । प्रमुख तथा उपप्रमुखमा मनोनयन दर्ता गर्ने उम्मेद्वारहरुले ९ प्रकारका कागजात र वडाध्यक्ष तथा सदस्यहरुले ९ प्रकारका कारण पेश गर्नुपर्छ । दलित महिला सदस्यले १० प्रकारका कागजात बुझाउनुपर्छ । दलीय रुपमा उम्मेद्वारी दिने भए मनोनयनपत्र (टिकट) अनिवार्य गरिएको छ भने स्वतन्त्र उम्मेद्वारका लागि दलको पत्र आवश्यक पर्दैन ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार, मनोनयन दर्तापछि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन नहुँदासम्मको कार्यतालिका यस्तो छ–

मिति कार्यक्रम
२०७९ वैशाख ११ र १२ गते उम्मेद्वारहरुको मनोनयन
२०७९ वैशाख १२ गते (अपराह्न ) उम्मेद्वारहरुको नामावली प्रकाशन
२०७९ वैशाख १३ गते उम्मेद्वारमाथि उजुरी दर्ता
२०७९ वैशाख १४ र १५ गते उजुरीमाथि छानविन
२०७९ वैशाख १५ गते (अपराह्न) उम्मेद्वारको नामावली प्रकाशन
२०७९ वैशाख १६ गते उम्मेद्वारको नाम फिर्ता
२०७९ वैशाख १६ गते(अपराह्न) उम्मेद्वारको अन्तिम नामावली प्रकाशन
२०७९ वैशाख १७ गते निर्वाचन चिह्न प्रदान

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४