Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उम्मेदवार टुंग्याउन मध्यरातसम्म बसेको कांग्रेस शीर्ष नेताको बैठकमा सहमति जुटेन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १० २०७९
  • 7.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताको बैठकले कुनै पनि उम्मेदवारको टुंगो नलगाइ सकिएको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकमा नेताहरूले आ-आफ्नो पक्षका सिफारिस नाममा अडान लिएका थिए । काठमाडौंको मेयरका सिर्जना सिंहको नाम टुंगिएकाले शुक्रबारको बैठकमा खास चर्चा नभएको सहभागी एक नेताले जन प्रहारलाई बताए ।

विराटनगरको मेयरका लागि नागेश कोइराला, भीम पराजुली, डीला संग्रौला र अमृत अर्यालको विषयमा बढी छलफल भएको थियो । कोइरालाको पक्षमा नेता डा शेखर कोइराला उभिएका थिए । अर्का नेता कृष्ण सिटौलाले वर्तमान मेयर भीम पराजुली नै दोहोर्‍याउनु पर्ने अडान लिएको बैठकमा सहभागी एक नेताले बताए ।

‘शेखरले नागेश नै उठाउने अड्डी लिनुभयो । कृष्ण सिटौलाले भीम आचार्यको पक्षमा अडान लिनुभएको छ’ ती नेताले भने,’सभापति देउवा पक्षका कुनै नेताले डिला संग्रौलालाई कुनैले अमृत अर्यालको नाम लिनुभएको छ ।’ विराटनगरको मेयरमा चार जनाको नाममा बढी छलफल भएको थियो ।

भरतपुरको उपमेयरका करिब सहमति जुटेको छ । दीर्घमान श्रेष्ठको नाममा सहमति निकट पुगेका सहभागी नेताले बताए । एक नेताका अनुसार मन्त्री उमेश श्रेष्ठले दीर्घमानलाई भरतपुरको मेयर बनाउन सक्रियता देखाएका छन् ।

पोखराको उपमेयरका नेताहरू बीच सहमति जुट्न सकेन भने ललितपुरका विषयमा छलफल प्रवेश नै गरेन । शुक्रबार दुई चरणमा शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । वर्तमान र पूर्वपदाधिकारीको बैठकमा नेता शेखर कोइरालालाई पनि आमन्त्रण गरिएको थियो ।

शीर्ष तहका नेतामा सहमति जुटेपछि कार्यसम्पादन समितिले ति नाम अनुमोदन गर्ने तयारी गरिएको थियो । शीर्ष नेतामा सहमति नभएपछि शनिबार कार्यसम्पादनको बैठकमा उम्मेदवार टुंगाउन छलफल हुनेछ । कार्यसम्पादन समितिको बैठक शनिबार बिहान ११ बजे बोलाइएको छ । सत्ता गठबन्धनका दलहरूबीच भएको सहमति अनुसार महानगरमा कांग्रेसको भागमा मेयर र उपमेयरका तीन/तीन उम्मेदवार परेका छन् ।

कांग्रेसको विधान अनुसासर महानगरको प्रमुख र उपप्रमुखको टिकट केन्द्रीय संसदीय समितिले वितरण गर्ने व्यवस्था छ । संसदीय समिति नै गठन नगरि उम्मेदवार टुंगाउने कसरतमा नेताहरू छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४