संघ, प्रदेश र स्थानीय तहको अग्रसरतामा महत्वपूर्ण काम भएको एमालेले बताएको छ । पूर्वाधार विकासतर्फ ४ हजार ३६२ किलोमिटर कालोपत्र सडक बनेको, तुइना विस्थापित भएको अमलेखगञ्ज–मोतिहारी सीमा वारपार पेट्रोलियम पाइपलाइन बनेको, जनकपुर–जयनगर–कुर्ता रेलमार्ग निर्माण गरेको सञ्चालनमा आएको, भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण सपन्न भएको, पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको एमालेले बताएको छ ।
प्रत्येक पालिकामा न्यूनमत १५ शैयाको आधारभूत अस्पतचाल निर्माण सुरु भएको, योगदानमा आधारित सामाजिक सुरक्षा आरम्भ गरेको, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्युनतम १०० दिनको रोजगारी वा वेरोजगार भत्ता सुरु भएको, तामाकोेशी जलविद्युत आयोजना सम्पन्न जस्ता कामलाई पनि एमालेले घोषणापत्रमा राखेको छ ।
एमालेले जितेका कतिपय पालिकामा बेटी बचाउ, बेटी बचाउ अभियान अन्तरगत कक्षा ८ भन्दा माथिका छात्रालाई साइकल वितरण गरकेो, सामुहिक कृषिलाई प्रोत्साहन गरेको, युवालाई सहुलियतमा ऋण र उद्यमशीmतथा तालिम दिएको, सयौं कानुनहरु बनेको चुनावी घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा एमालेले आसन्न निर्माणका लागि १७ प्रतिवद्धता पनि अघि सारेको छ ।
- गुणस्तरीय शिक्षाको आधार : प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार
- निरोगी नेपाल, स्वास्थ नेपाली
- स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी
- आधुनिक उर्जा : उज्यालो पालिका
- उन्नत कृष्णि : किसानको समृद्धि
- सहज आवागमनको आधार : दिगो यातायात पूर्वाधार
- एकीकृत वस्ती, योजनावद्ध सहरी विकास : विकसित पालिका, सुरक्षित आवास
- औद्योगिकरण र आर्थिक वृद्धि : स्वदेशमै रोजगारी सम्मान र समृद्धि
- उद्यामशीलता र रोजगारी : समृद्धिका लागि सहकारी
- मौलिक कला र संस्कृति : पर्यटनबाट समृद्धि
- सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा
- समानताको महिला यात्रा : समाजवाद–उन्मुख राज्यको विशेषता
- खुशी जेष्ठ नागरिक, सुखी बालबालिका : अपाङ्गमैत्री सबै पालिका
- जलवायु अनुकुलन र विपद् व्यवस्थापन : विकास र वातावरणबीच सन्तुलन
- समुन्नत लोकतन्त्रको आधार : मेलमिलाप, न्याय र मानवअधिकार
- संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय
- संस्थागत सुदृढीकरण : योजनावद्ध विकास
