Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नौ महिनाको व्यापार घाटा १३ खर्ब माथि, १ खर्ब ६० अर्बको मात्र निर्यात


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ९ २०७९
  • 5.7K
    SHARES

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत्र मसान्तसम्म मुलुकको व्यापार घाटा १३ खर्ब माथि पुगेको छ ।

यस अवधिमा नेपालको निर्यात अघिल्लो वर्षको तुलनामा उल्लेख्य बढे पनि अत्यधिक आयातका कारण व्यापार घाटा उच्च रहेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनाको तथ्याङ्कअनुसार १४ खर्ब ६६ अर्ब बढीको आयात र निर्यात भने एक खर्ब ६० अर्ब बराबर हुँदा व्यापार घाटा १३ खर्ब ७ अर्ब बराबर पुगेको हो ।

यस अवधिमा आयात ३२ प्रतिशत बराबरले र व्यापार घाटा २८ प्रतिशतले बढेको हो । अघिल्लो महिनाको तुलनामा भने आयात वृद्धिदर केही घटेको हो । फागुनसम्म आयात ३८ प्रतिशतले बढेको विभागको तथ्याङ्क छ ।

अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा १० खर्ब १६ अर्ब रहेको थियो । यस अवधिमा निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६९ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब पुगे पनि अत्यधिक आयातका कारण वैदेशिक व्यापार धान्न नसकेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड बराबरको सामान निर्यात भएको थियो । यस अवधिमा दुई खर्बको त पेट्रोलियम पदार्थमात्र आयात भएको विभागको तथ्याङ्क छ ।

नेपालले डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यास गरी १ खर्ब ९८ अर्ब बढीको पेट्रोलियम पदार्थको आयात गरेको हो । नेपालको आयात निर्यात अनुपात ९ दशमलब १३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४