Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिम्बावेविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा, मल्ल र भेषावकर समेटिएनन्


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ९ २०७९
  • 7.5K
    SHARES

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले जिम्बावेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

क्यानले जिम्बावेविरुद्ध हुने एकदिवसीय र टी–ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो ।

सन्दीप लामिछानेको कप्तानी रहेको नेपाली टिममा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी छन् ।

यस्तै, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमला पनि टिममा समेटिएका छन् ।

टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल तथा सिनियर खेलाडी शरद भेषावकर समेटिएका छैनन् । यसअघि पपूवा न्यूगिनीविरुद्धको एकदिवसीय सिरिज र मलेसियासहितको त्रिदेशीय टी–ट्वान्टी सिरिजमा पनि क्यानले मल्ल, भेषावकर र विनोद भण्डारीलाई बाहिरै राखेको थियो ।

नेपाल र जिम्बावे ‘ए’ बीचको सिरिज वैशाख १७ गतेदेखि २६ गतेसम्म चल्नेछ । नेपालले जिम्बावे ‘ए’ सँग तीन वटा एकदिवसीय र तीन टी–ट्वान्टी खेल खेल्नेछ ।

१० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४