Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मारिउपोलम शहर बाहिर दुई सयभन्दा बढी सामुहिक चिहान भेटियो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ९ २०७९
  • 7.7K
    SHARES

काठमाडौं । युक्रेनको मारिउपोल शहर बाहिर नयाँ सामूहिक चिहानहरू फेला परेका छन् ।

मारिउपोलको पश्चिमी क्षेत्रमा रहेको मनहुश शहरमा २ सय भन्दा बढी नयाँ सामुहिक चिहान फेला परेको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन् ।

उनीहरूले युक्रेनी नागरिकहरू विरुद्ध रूसी युद्ध अपराधको बढ्दो प्रमाण रहेको बताएका छन् ।

अमेरिकी स्याटेलाइट इमेजरी कम्पनी म्याक्सर टेक्नोलोजीद्वारा सङ्कलन र विश्लेषण गरिएको तस्बिरका आधारमा यो दाबी गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार मार्च १ मा रुसी सेनाले घेरेपछि लगातार बमबारी भइरहेको मारिउपोलमा करिब १ लाख मानिस फसेका छन् ।

आक्रमणमा परि हालसम्म २० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।

रूसी सेनाले ट्रकमा बन्दरगाह सहरबाट शवहरू सङ्कलन गरी मनहुश शहरमा सामूहिक चिहानहरूमा विस्थापित गरेको युक्रेनले दाबी गरेको छ । शवहरू शहरमा सङ्कलनका लागि छोडिएको तस्बीर सामाजिक सञ्जालमा देखाइएको छ ।

रुस र युक्रेन दुवै देशले मारिउपोल शहर आ–आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेकै समयमा चिहानहरु फेला परेका हुन् ।

युक्रेनी राष्ट्रपति भ्लाेदाेमिर जेलेन्स्की रुसी घेराबन्दीलाई आतंकवादी कारबाहीसँग तुलना गर्नुभएको छ । मारिउपोलमा हजारौं नागरिक रुसको नाकाबन्दीमा परेको भन्दै जेलेन्स्किले उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको उहाँकाे भनाइ छ ।

यसैबीच, युक्रेनी अधिकारीहरूले डोनेट्स्क र लुहान्स्क र डोनबासमा रुस र युक्रेनी सेनाबीच भिषण लडाईं भइरहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा डोनेट्स्क क्षेत्रमा थप ४२ बस्ती रुसी नियन्त्रणमा आएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४