Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनले नाकाबन्दी गर्‍यो भन्नु आधारहीन : राजदूत यान्छी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ८ २०७९
  • 5.2K
    SHARES

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सीमानामा नाकाबन्दी भयो भन्नु आधारहीन भएको बताएकी छन् ।

पछिल्ला वर्षमा द्विपक्षीय व्यापार वृद्धि भइरहेको र चीनमा नेपालको निर्यात बढेको भन्दै उनले सीमा नाकामा परिस्थितिजन्य कारणले उत्पन्न समस्यालाई नाकाबन्दी भनिएकामा असन्तुष्टि जनाइन् ।

‘चिनियाँ पक्षको तथ्यांकअनुसार २०२१ मा चीन र नेपालबीचको व्यापारको मात्रामा ६७ प्रतिशत वृद्धि भएर २ खर्ब ४१ अर्ब २३ करोड भन्दा बढी पुगेको छ । नेपालबाट चीनमा हुने निर्यात ६३ प्रतिशत वृद्धि भएको छ’, बिहीबार सञ्चारकर्मीसँगको भर्चुअल अन्तक्र्रियामा यान्छीले भनिन्, ‘यसले नेपालमाथि भएको भनिएको कथित नाकाबन्दी आधारहीन छ भन्ने देखाउँछ ।’

राजदूत यान्छीले केरुङ र तातोपानी नाकाबाट भइरहेको एकतर्फी कार्गो सञ्चालनलाई थप सहज बनाउने र नेपालबाट चीनतर्फ कार्गो यातायात सञ्चालन गर्ने विषयमा छलफल भइरहेको पनि बताइन् ।

‘सीमा नाकालाई थप सहज बनाउनका लागि द्विपक्षीय छलफल गरिरहेका छौँ । दुवै देशका परराष्ट्र मन्त्रालय र सम्बन्धित अन्य अधिकारीबीच छलफल निरन्तर भइरहेको छ,’ उनले भनिन् ।’

महामारीका कारण आर्थिक सुधारमा देखिएको सुस्तताको परिणामस्वरुप नेपाली अर्थतन्त्रले भोगिरहेको समस्याका बारेमा चीन जानकार रहेको पनि राजदूत यान्छीले बताइन् ।

विश्वका अरू मुलुकले पनि यस्तो समस्या झेलिरहेको भन्दै उनले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा समस्या समाधानका लागि विभिन्न सम्झौतामा हस्ताक्षर भएको बताइन् ।

चीनले नेपालको आर्थिक समस्यालाई सन्तुलनमा ल्याउन सहयोग गरिरहेको राजदूत यान्छीको भनाइ छ । चीनले आयोजना गर्न लागेको ‘इन्टरनेसनल इम्पोर्ट एक्सपो’ मा नेपाललाई सहभागी हुन यान्छीले आग्रह गरिन् । त्यसले चीनमा माग रहेको नेपाली उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ ।

उनले विदेशमन्त्री यीको नेपाल भ्रमणमा रेलको सम्भाव्यता अध्ययनबारे प्राविधिक समझदारीपत्रमा हस्ताक्षर भएको र बीआरआईको फ्रेमवर्क अनुसार हिमालय सीमापार कनेक्टिभिटी नेटवर्कलाई गति दिन दुवै देश सहमत भएको बताइन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काबीचको भेटमा नेपालको आन्तरिक राजनीति वा क्षेत्रीय राजनीतिमा आएको परिवर्तनले चीनको नेपालसँगको सम्बन्धमा कुनै परिवर्तन नआउने विषय स्पष्ट पारिएको उनले बताइन् ।

‘परराष्ट्रमन्त्री खड्कासँगको भेटमा स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले यहाँको राष्ट्रहित अनुकुल विकासको नीतिको पक्षमा रहेको स्पष्ट पार्नु भएको छ,’ उनले भनिन्, ‘चीन नेपालको आन्तरिक र बाह्य नीति आफैंले बनाउनुपर्छ भनेर प्रोत्साहन गर्छ । साथै, नेपाललाई बीआरआई प्रोजेक्टमा वृहत रूपमा सहभागी हुनका लागि सहयोग पनि गर्छ ।’

उनले नेपालको राजनीतिक परिस्थिति जतिसुकै परिवर्तन भएपनि चीनको सबै दल र नेपाली नागरिकप्रतिको व्यवहारमा परिवर्तन नआउने बताइन् । साथै, बीआरआई चीनको भूराजनीतिक रणनीतिको अंग नभएको समेत उनले उल्लेख गरिन् ।

कोरोना महामारीपछि नेपाल आएका चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई फर्काउन प्रयास भइरहेको र पहिलो चरणमा एउटा टोलीलाई चाँडै लैजाने विषयमा छलफल भइरहेको राजदूत यान्छीले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४