Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गणभित्रै गोली चल्दा महिला सैनिकको निधन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ८ २०७९
  • 7K
    SHARES

काठमाडौँ । कपिलवस्तुको गोरूसिंहेस्थित नेपाली सेनाको समशेर दल गणभित्र गोली चल्दा महिना सैनिककाे निधन भएको छ । बुधबार साँझ ७ बजेतिर गोली चल्दा गणको भित्री पोष्टमा कार्यरत झापा गौरादह-१ कि २४ वर्षीया कोपिला राजवंशी गम्भीर घाइते भएकी थिइन् ।

उनको छाती र पेटमा दुई वटा गोली लागेकी उनको आज बिहान भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा उपचारका क्रममा निधन भएको हो । गोली लागेको अवस्थामा उनलाई बुधबार राती लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो तर, त्यहाँ उपचार हुन नसकेपछि तत्कालै युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा पुर्‍याइएको थियो ।

 गोरूसिंहेस्थित गणभित्रै गोली चल्दा सैनिक गम्भीर घाइते

राजवंशीको बिहान मृत्यु भएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी जेसी शाहले पुष्टि गरे । उनका अनुसार उपचारका लागि राति नै काठमाडौँ लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो ।

सैनिक स्रोतले राजवंशी आफैँले गोली चलाएको दाबी गरे पनि घटना कसरी भएकोबारे अहिलेसम्म खुलाइएको छैन । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४