Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिम्स्टेक ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक : प्रशारणलाइन सम्बन्धी समझदारी कार्यान्वयनको प्रतिवद्धता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ७ २०७९
  • 9.4K
    SHARES

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठक सम्पन्न भएको छ ।

बैठकमा बिम्स्टेक मुलुकका करिव एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेको समस्या सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासमा स्पष्टता र उद्देश्यमा इमान्दारी अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो ।

यसखाले विचार–विमर्शले बिम्स्टेक क्षेत्रमा ऊर्जा सहयोग अभिवृद्धि गर्न योगदान दिने विश्वास व्यक्त गर्दै उर्र्जामन्त्री भुसालले ऊर्जाको लागि पर्याप्त वित्त परिचालनका साथै प्रविधि हस्तान्तरणलाई बढावा दिनुपर्नेमा जोड दिनुभयो ।

जलवायु अनुकूलनका निम्ति किफायती, नवीकरणीय एवं दिगो ऊर्जा अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो ।

ऊर्जामन्त्रीस्तरीय बैठकले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेको छ । बैठकले ग्रिड इन्टरकनेक्शन कोअर्डिनेसन कमिटी (बीजीआईसीसी) स्थापना गर्ने निर्णय गरेको छ ।

त्यस्तै यसअघि भएको विद्युतीय प्रशारणलाइन सम्बन्धी समझदारी पत्रको कार्यान्वयन गर्ने पनि बैठकमा प्रतिवद्धता जनाइएको छ ।

एशियाली विकास बैंकको सहयोगमा कमिटिले बिम्स्टेक ग्रिड इन्टरकनेक्शन गुरुयोजना बनाउन बैठकले बीजीआईसीसीलाई निर्देश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४