Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ६ २०७९
  • 5.4K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको भन्दै आशंक व्यक्त गर्नुभएको छ ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आज मंगलबार भएको कार्यक्रममा बोल्नु हुँदै नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले कुनै हालतमा गठबन्धन तोड्न नहुने पक्षमा आफू रहेको धारणा राख्नुभयो ।

उहाँले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउने अवस्था नभएकाले गठबन्धन गर्नैपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज पार्टीभित्र उठिरहेका बेला देउवाले गठबन्धन गरेरै कांग्रेसको नेतृत्वमा संघीय र प्रदेशमा सरकार गठन गरेको तथा विभिन्न प्रदेशमा मन्त्री बनाएको कुरा पनि स्मरण गराउनुभयो ।

उहाँले गठबन्धन गरेकामा आफूलाई ताली आउनुपर्नेमा गाली आएको भन्दै रोष प्रकट गर्नुभयो ।

चुनावी गठबन्धन गरेर आफूले ठिक गरे पनि कांग्रेसभित्रैबाट त्यसलाई बेठिक देखाउने प्रयास भएको आरोप लगाउनुभयो । उहाँले चुनावी तालमेलले अझ बलियो बनाउने भन्दै यसका विरुद्धमा नबोल्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४