Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानमा ६ जनालाई मृत्युदण्ड, ९ जनालाई जन्मकैदको सजाय


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ६ २०७९
  • 4.5K
    SHARES

काठमाडाैं। पाकिस्तानमा एक श्रीलंकाली नागरिकको कुटेर हत्या गरेको घटनामा संलग्न ६ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ ।

पाकिस्तानको एक अदालतले गत वर्षको डिसेम्बर ३ मा पाकिस्तानको एक काराखानाको महाप्रबन्धकमा कार्यरत श्रीलंकाली नागरिक प्रियन्ता कुमार दियावदनलाई कुटपिट गरी हत्या गरेको आरोपमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । लाहोरस्थितप्रति आतंकवाद अदालतले घटनामा संलग्न ८९ जनालाई दोषी ठहर गर्दै ६ जनालाई मृत्युदण्ड, ९ जनालाई जन्मकैद, १ जनालाई पाँच वर्ष कैद र ७२ जनालाई दुईदुई वर्षको कैद सजाय तोकेको हो ।

भित्तामा टाँसिएको धार्मिक पोस्टर च्यातेर इशनिन्दा गरेको आरोपमा दियावदनलाई उनी आफैं कार्यरत कारखानाबाट बाहिर निकाली कुटपीट गरी हत्या गरेर जलाइएको थियो । हत्या गर्नेहरुले उनकै शव अघि उभिएर सेल्फी समेत खिचेर समाजिक सञ्जालमा हालेका थिए । पाकिस्तानमा इशनिन्दाको आरोपमा अल्पसंख्यकहरुमाथि बारम्बार अत्याचार हुने गरेको छ ।

श्रीलंकाली सरकारले दियावदनको हत्यामा संलग्नलाई कारबाही गर्न पाकिस्तानलाई बारम्बार दबाब दिइरहेको बेला अदालतले यस्तो फैसला गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४