Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेयर र उपमेयर उम्मेदवार बन्न इच्छुकले नाम दर्ता गराउन पोखरा कांग्रेसको आह्वान


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३ २०७९
  • 3.8K
    SHARES

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेवार बन्न इच्छुकलाई पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ ।

समितिको सचिवालयले शनिबार विज्ञप्ति जारी गर्दै वैशाख ४ गते ४ बजेभित्र कांग्रेस नगर कार्यसमितिको सचिवालयमा आकांक्षी आफैँ उपस्थित भई नाम दर्ता गर्नुपर्ने जनाएको छ

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउने सूचना प्रकाशन गरिएको छ,’ समितिले निकालेको सूचनामा उल्लेख छ ।

सत्तारुढ नेपाली कांग्रेस र सत्ताका अरु घटकहरूबीच पोखरासहित देशका ६ महानगरपालिकामा कुन–कुनमा कुन–कुन पार्टीका उम्मेदवार हुने भन्नेचाहिँ अहिलेसम्म तय भएको छैन ।

तर, कांग्रेसले भने पोखरा महानगरपालिकाको मेयरमा आफ्नो उम्मेदवार हुनुपर्ने दाबी गर्दै आएको छ । मेयर उम्मेदवार कांग्रेसबाटै हुनुपर्ने दाबी गर्न कास्की कांग्रेसको टोली हालै सभापति शेरबहादुर देउवा लगायत नेता भेट्न काठमाडौं गएको थियो ।

‘गठबन्धन हुन्छ भन्दैमा कांग्रेसले आफ्नो उम्मेदवार तय नगरी बस्ने कुरा त भएन नि,’ कांग्रेस पोखरा महानगर समिति सचिव गणेशबहादुर थापाले भन्नुभयो, ‘कांग्रेसबाट हुने उम्मेदवार तय गर्न प्रक्रिया सुरु गरेका हौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४