काठमाडौं । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३० जनामा गरिएको पीसीआर परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो । ८७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा भने कसैलाई पनि संक्रमण देखिएन ।
पछिल्लो २४ घण्टामा ५५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर ४३८ जना सक्रिय संक्रमित रहेका छन् ।
देशभर गरिएको ३ हजार ३० पिसिआर परिक्षणका क्रममा १४ जनामा कोरोना पुष्टि भएको हो । ८ सय ७३ एन्टीजेन परिक्षणमा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार पनि कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । त्यस्तै थप ५५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २ सय ५९ निको भएका छन् ।
हाल नेपालमा ४ सय ३८ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
