Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कञ्चनपुरमा महिलाको शंकास्पद मृत्यु, धामी झाँक्रीसहित ७ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३ २०७९
  • 5.1K
    SHARES

धनगढी । कञ्चनपुरमा एक महिलाको शंकास्पद मृत्युु भएको छ । जिल्लाको वेदकोट नगरपालिका–७ को मुसेपानी बस्ने ४३ वर्षीया रञ्चुला साउदको शव शंकास्पद मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले उनकै नातेदार पर्ने स्थानीय कमला साउदको घरको आगनमा मृत्युु भएको अवस्थामा रन्चुलाको शव बरामद गरिएको जन प्रहारलाई जानकारी दिए ।

हामीले आज बिहान सडेको अवस्थामा स्थानीय कमला साउदको घर आगनबाट मृतकको शव बरामद गरेका छौँ,’ शाहले अनलाइनखबरसँग भने, ‘घटना शंकास्पद भएकाले ७ जना मानिसलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’

शाहका अनुसार पक्राउ पर्नेमा दुई जना धामी झाक्रीसहित ७ जना स्थानीय रहेका छन् । कञ्चनपुरकै भीमदत्त नगरपालिका–७ बस्ने धामीझाक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बस्ने नारायणदत्त भट्टले झारफुक गर्ने क्रममा कुुटपिट गरेर महिलाको हत्या गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुसँगै साउदका परिवारका सदस्यहरु समेत पक्राउ परेका हुुन् । तर प्रहरीले उनीहरु सबैको नाम सार्वजनिक गरेको छैन ।

‘धामी झाँक्रीको कुटपिटबाट मृत्यु भएको स्थानीयको दाबीका आधारमा उहाँहरुलाई पक्राउ गरिएको हो,’ डीएसपी शाहले भने, ‘शव सडेको अवस्थामा भएकाले आँखाले हेरेर छुट्याउन सक्ने अवस्था छैन । शव परीक्षणपछि मात्र बाँकी कुरा थाहा हुन्छ ।’

महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीकाअनुसार स्थानीयले घटना हिजो साझको भएको बताए पनि शव सडेको अवस्थामा भेटिएकाले धेरै कुरा अनुुसन्धानपछि मात्र थाहा हुनेछ ।

घटना स्थलमा पुगेका वेदकोट नगरपालिका–६ का वडाध्यक्ष कट्टेराम रानाले स्थानीयले धामी झाँक्रीले झारफुक गर्ने बेला कुुटपिट गर्दा साउदको मृत्युु भएको बताइरहेको जन प्रहारलाई जानकारी दिए ।

‘स्थानीयले धामी झाँक्रीको कुटपिटबाट साउदको मृत्यु भएको हो भनिरहेका छन्,’ रानाले भने, ‘घटनास्थलमा आगोको ध्वनि बनाएर त्यसमा फलामका ७ वटा डन्डी भेटिएका छन् । शव सडेको अवस्थामा छ । घटनाको वास्तविकता अनुसन्धानपछि खुुल्छ होला ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४