Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यसकारण वैशाख ३० को चुनाव सर्नसक्ने, यस्तो छ कार्यकालको संवैधानिक व्यवस्था


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३ २०७९
  • 6.6K
    SHARES

काठमाडौं,  । स्थानीय तहको निर्वाचन सर्न सक्ने सम्भावना बढेको छ । चुनाव सरकारले सार्ने सम्भावना नरहेपनि अदालतबाट फैसला आएमा सर्ने अवस्था बन्न सक्छ ।सर्वोच्च अदालतमा जनप्रतिनिधिहरुको कार्यकालसम्बन्धी मुद्दा विचाराधीन छ । २ असोज २०७४ मा स्थानीय चुनावको तेस्रो चरणको चुनाव भएर निर्वाचित जनप्रतिनिधिको कार्यकाल अझै पूरा भएको छैन ।

यसलाई उल्लेख गरी त्यस अगावै वैशाख ३० मा निर्वाचन गर्ने निर्णयविरुद्ध भंगहा नगरपालिकाका प्रमुख संजिव कुमार साहले मुद्दा दायर गरेका थिए । आउँदो हप्ता त्यसबारे फैसला आउन सक्छ । मुद्दा दायर गर्नेले २ असोजमा तेस्रो चरणको स्थानीय तहको चुनाव भएकाले उक्त मितिसम्म काम गर्न पाउनुपर्ने जिकिर गरेका छन् ।

संविधानको धारा २२५ मा गाउँ सभा र नगर सभाको कार्यकालबारे स्पष्ट व्याख्या गरिएको छ । जस अनुसार गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने भनिएको छ । संविधानको यही धारालाई टेकेर कार्यकाल समाप्त नभई चुनाव गर्न नमिल्ने तर्क गरिएको छ ।

सर्वोच्च अदालतले स्थानीय निकायको निर्वाचित पदाधिकारीको पदावधिबारे लिने फैसलाले वैशाख ३० मा हुने भनिएको चुनावमा असर गर्न सक्छ । ४ वैशाखमा सत्ता गठबन्धनले उम्मेदवार टुंगो लगाउन भनेका छन् । उनीहरुले यसअघि तोकेको मिति सारेका हुन् । विश्वस्त स्रोतका अनुसार ४ वैशाखमा अदालतबाट महत्वपूर्ण निर्णय आउन सक्छ । त्यसकारण पनि सत्ता गठबन्धनले समय सारेर ४ वैशाखमा उम्मेदवारको टुंगो लगाउन भनेका हुन् ।

सत्ता गठबन्धन चुनावका लागि तयार पनि देखिएका छैनन् । उनीहरुले तालमेलका लागि केन्द्रबाट निर्देशन दिएपनि खासै काम भएको छैन । तालमेल सजिलो पनि छैन । यही कारण तीन तहको चुनाव एकैपटक गर्ने विषय गठबन्धनमा उठेको छ । तर, गठबन्धन या सरकारले नभई अदालतको फैसलाले चुनावको मितिमा असर पर्न सक्ने सम्भावना देखिएको छ ।

चुनाव सर्न सक्ने सम्भावनाहरु रहेपनि निर्वाचन आयोगका उच्च अधिकारीहरु देश दौडाहामा छन् । उनीहरु विभिन्न कार्यक्रममा देशव्यापी रुपमा खटिएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश प्रसाद थपलियाले चुनाव सरेमा दुर्घटना हुनसक्ने बताएका छन् । तर, सत्तारुढ दलहरु अझै चुनावका लागि तयार नदेखिएको स्पष्ट छ ।



प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४