Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सातामा दुई दिन बिदा दिने गृहकार्य, मोडालिटी बन्दै बिदा थपिँदा शुक्रबार पूरा समय काम तथा चाडपर्व र दिवसमा दिइने बिदामा भारी कटौती गरिने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३ २०७९
  • 8.1K
    SHARES

©नेत्र बहादुर कार्की

काठमाडाैँ । सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गर्ने गृहकार्य अघि बढाएको छ । बिदा थप्दा सरकारी तवरबाट हुने इन्धन खर्च घट्ने र त्यसबापत बाहिरिने विदेशी मुद्रा जोगिने सरकारको बुझाइ छ ।

सार्वजनिक बिदा थप्ने विषयमा गत २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि छलफल भएको थियो । अहिले सचिव शंकरदास बैरागीसहित केही सचिवको टोलीले यसबारे गृहकार्य गरिरहेको छ । ‘सार्वजनिक बिदा थप्दाको मोडालिटी के हुन्छ, अन्तर्राष्ट्रिय अभ्यास, यसका विकल्पहरू, बिदा थप गर्दा हुने असरलगायतमा विभिन्न कोणबाट छलफल भइरहेको छ,’ एक सचिवले भने ।

अहिले साप्ताहिक रूपमा शनिबार बिदा छ भने शुक्रबार आधा दिनपछि छुट्टी दिने व्यवस्था छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ अकासिँदा त्यसबापत ठूलो रकम बाहिरिएर घाटा चुलिन थालेपछि नेपाल आयल निगमले इन्धनको आयात कम गर्ने विकल्पस्वरूप सार्वजनिक बिदा बढाउने प्रस्ताव सरकारलाई गरेको थियो ।

शनिबार र आइतबार लगातार दुई दिन बिदा दिने कि आइतबार र बुधबार बिदा दिने भन्ने विषयमा छलफल चलिरहेको छ । यद्यपि, शनिबार र आइतबार नै उपयुक्त हुने विषयमा अधिकांशको एकमत रहेको एक सचिवले बताए । ‘बीचमा बिदा दिँदा कार्यसम्पादनमा झन् ठूलो असर पर्ने देखिन्छ,’ ती सचिवले भने, ‘त्यसैले शनिबार र आइतबार नै क्रमशः बिदा दिने गरी छलफल अघि बढेको छ ।’

दुई दिन बिदाको व्यवस्था गरिँदा शुक्रबार पनि पूरै दिन कार्यालय समय तोक्ने विषयमा पनि लगभग एकमत छ । त्यस्तै, कार्यालय समय पनि बढाउनुपर्ने मत छ । ‘बिदा बढ्ने भएपछि अरू दिन कार्यालय समय पनि बढाउनुपर्ने आवश्यकता स्वाभाविक हुन्छ,’ अर्का एक सचिवले भने, ‘यसका लागि हालको कार्यालय समयमा बिहान र बेलुका एक या आधा घन्टा समय थप्नुपर्छ ।’ अहिले बिहान १० देखि बेलुकी ५ बजेसम्म कार्यालय समय छ । बिदा थप्दा बिहान नौ या साढे नौ र बेलुका साढे पाँच वा ६ बजेसम्म कार्यालय समय थप गर्नेगरी गृहकार्य भइरहेको छ ।

दुई दिन बिदाको व्यवस्था गर्दा हाल भइरहेका सार्वजनिक बिदा पनि कटौती गर्ने कि भन्ने विषयमा पनि छलफल चलिरहेको छ । यसका लागि चाडबाड, दिवस, जन्मजयन्ती, अन्य अवसरमा दिइने बिदा कटौती गर्नुपर्छ । गृह मन्त्रालयले गत २६ फागुनमा प्रकाशित गरेको राजपत्र सूचनाअनुसार ०७९ मा शनिबारबाहेक थप ४३ दिन सार्वजनिक बिदा छ । ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरी यो वर्ष ९५ दिन सार्वजनिक बिदा छ ।

‘बिदा थप गर्दा चाडबाड, दिवस, जन्मजयन्तीलगायतका अवसरमा दिइएका बिदा कटौती गर्नुपर्ने हुन्छ,’ ती सचिवले भने, ‘यस्ता बिदा एकदम थोरैमा झार्नुपर्छ, सम्भवतः बढीमा १० दिनको हाराहारीमा मात्र अरू बिदा कायम हुन्छ ।’ बिदा थपका विषयमा अध्ययन गरेर कार्यविधि नै जारी गर्ने तयारी सरकारको छ । यसका लागि मन्त्रिपरिषद्ले पनि सैद्धान्तिक स्वीकृति दिइसकेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि सार्वजनिक बिदा बढाउने विषयमा छलफल जारी रहेको बताए । ‘सातामा दुई दिन बिदा दिने कुरा बहसको विषय छ । छलफलको कुरा हो । यस विषयमा अहिले निर्णय नभइसकेकाले केही भन्न मिल्दैन,’ शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने । नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४