Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ वर्षमा खुसी हुने उद्देश्य राख्नुहोस् : मनोविद् ढकाल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २ २०७९
  • 3.3K
    SHARES

खुसी हुनु जान्नु पनि एउटा कला हो । तर हामी मानव जातीहरू सफलता प्राप्त भएको कुरामा पनि खुसी हुन जान्दैनौँ । किनभने एउटा सफलपछि तुरुन्तै हामी अर्को सफलताको अपेक्षा राख्न सुरु गरिहाल्छौँ । एउटा सफलताको खुसी मनाउन बिर्सिएर हामी अर्को सफलताको पछि दौडन्छौँ । महत्वकांक्षी बन्छौँ । हामी सफलतामा पनि रमाउन जानेनौँ, खुसी नै हुन सकेनौँ भने त जति नै ठूलो सफलता प्राप्त भए पनि त्यसको कुनै अर्थ रहँदैन ।

त्यसैले जीवनमा प्राप्त गरेका सफलताका क्षणहरूलाई, प्राप्तिहरूलाई सधैँ स्मरण गरिरहनुपर्छ । त्यसबारे सोचेर सन्तुष्ट भयौँ भने हामी खुसी हुन सक्छौँ । खुसी हुन ठूलो सफलता प्राप्त हुनुपर्छ भन्ने हुँदैन । खुसी हुनको लागि धेरै धनी हुनुपर्छ भन्ने हुँदैन । भौतिक सफलताले कहिल्यै पनि खुसीको मापन गर्न सक्दैन । खुसी खरिद गर्न सकिने कुरा होइन । भौतिक पदार्थसँग खुसीको कुनै सम्बन्ध रहँदैन । एउटा मान्छे धनी हुनको लागि पैसा जम्मा गर्छ, बैङ्कमा अकाउन्ट खोलेर पैसा जम्मा गर्न सक्छ । त्यसैगरी हामी पनि सफलतालाई जम्मा गरेर, स्मरण गरेर खुसी हुनु आवश्यक छ । खुसीले शरीरलाई र मस्तिष्कलाई सकारात्मक ऊर्जा दिन्छ । खुसी भनेको भावना हो, संवेग हो ।

मानिस खुसी हुनुका फाइदाहरू के छन् ?

खुसी हुनुको सिधा सम्बन्ध मानसिक स्वास्थ्यसँग हुन्छ । जब हामी खुसी हुन्छौँ हामी मानसिक रूपमा पनि स्वस्थ हुन्छौँ । जुन स्वास्थ्य लाभ अरू कुनै भौतिक पदार्थले दिन सक्दैनौँ । खुसी र मानसिक स्वास्थ्य एक अर्काको परिपूरक जस्तै हो । मानसिक रूपमा स्वस्थ मानिस मात्र खुसी हुनु सक्छ, जो खुसी छ उही मात्रै मानसिक रूपमा स्वस्थ हुन्छ । उदाहरणको लागि डिप्रेसन हुनु भनेको दुखी हुनु हो, निराश हुनु हो ।

डिप्रेसन भएको मान्छे चाहेर पनि खुसी हुन सक्दैन । यो मानसिक रोग हो । तनावले गर्दा मानिस खुसी हुन सक्दैन । त्यसैले मानसिक रूपमा स्वस्थ मान्छे मात्रै खुसी हुनु सक्छ । खुसी हुने मान्छे सजिलैसँग मानसिक समस्यामा पर्दैन । त्यति मात्रै होइन सम्बन्ध निर्माण र सामाजिक प्राणी बन्नका लागि पनि खुसी हुनु अति महत्त्वपूर्ण छ ।

खुसी भन्ने कुरा अरूलाई सेवा गर्दा, अरूलाई दिँदा झन् बढेर जान्छ । किनभने खुसी सन्तुष्टिसँग जोडिएको हुन्छ । हामी खुसी भयौँ भने शारीरिक स्वास्थ्य पनि राम्रो हुन्छ । हामी फुर्तिलो देखिनको लागि, रोगसँग लड्नको लागि खुसी हुनुपर्छ । यदि हामी आफूलाई अरूसँग तुलना गर्ने, अरूको सफलतामा डाहा गर्ने, ईर्ष्या गर्नेतिर उन्मुख भयौँ भने हामी कहिल्यै पनि खुसी हुन सक्दैनौँ ।

त्यसैले आफ्नै स्वास्थ्यलाई केन्द्रमा राख्न भए पनि लोभ, डाहा, ईर्ष्या, महत्त्वाकाङ्क्षा जस्ता कुराहरू त्याग्नुपर्छ । खुसी हुन जानेमा सफलता जतासुकै प्राप्त गर्न सकिन्छ । यदि खुसी नै हुन जानिएन भने प्राप्त गरेको सफलताको पनि गन्ती हुँदैन । त्यसैले धनी होइन खुसी हुने उद्देश्य राख्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४