Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ वर्ष २०७९ को सबैमा शुभकामना !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १ २०७९
  • 18.2K
    SHARES

आज विक्रम सम्वत २०७९ को पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजबाट शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ ।

आजदेखि नयाँ वर्ष प्रारम्भ हुँदैछ । आज दिनभरि सबैतिर शुभकामना आदानप्रदानको कार्यक्रम भइरहन्छ । औपचारिक र अनौपचारिकरूपमा शुभकामना आदानप्रदान गर्ने तथा सामाजिक सञ्जालमा शुभकामनाका शब्दहरू राख्ने काम दिनभरि नै भइरहन्छ । नयाँ वर्षको प्रारम्भ प्रायः यस्तै तरीकाले हुने गर्दछ ।

सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवं सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनि गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, घर, कोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।

नयाँ वर्ष आफैं ढोल बजाएर आउँदैन । यो अनुभूति हो र समयको एउटा मापन हो । समयको भौतिक मापन कतै देखिनुपर्ने हो तर यो क्यालेन्डरमा नापिन्छ । आजदेखि सर्वसाधारणको घरमा नयाँ पात्रो फेरिएको छ । नयाँ पात्रोले घरमा नयाँ वर्षको सङ्केत दिन्छ । नयाँ पात्रोमा पहिलो दिन आजै हो । यसकारण पनि नयाँ वर्ष मानिएको हो ।

आजदेखि जुन नयाँ वर्ष प्रारम्भ भएको छ । यसको पृष्ठभूमि तयार गर्ने २०७८ ले खासै नयाँ र सुखद सन्देश ल्याउने वर्षको रूपमा आफ्नो पहिचान कायम गर्न सकेन । कोरोना महामारीको भयङ्कर त्रास रहेको समयदेखि त्यो वर्ष शुरू भएर राजनीतिक, न्यायिक तथा आर्थिक क्षेत्रका धेरै उतारचढाव गर्दै निर्वाचनको मुखमा आएर समापन भएको छ । बितेको वर्षले मुख्यगरी आर्थिक क्षेत्रमा निकै गहिरो प्रभाव पारेको विश्लेषण गरिएको छ र देश चुनावको सँघारमा पुगेको छ । यस नयाँ वर्षमा देशमा चुनाव हुन्छ नै ।

नयाँ वर्षको पहिलो महिनामा पालिकास्तरको चुनाव र यसै वर्ष कुनै उचित समयमा प्रदेशसभा तथा प्रनिनिधि सभाको चुनाव पनि हुने करीब निश्चित छ । यसै कारण राजनैतिक क्षेत्रमा २०७९ लाई चुनावको वर्ष पनि भनिएको छ । यस वर्ष सबै चुनावहरू शान्तिपूर्ण रूपमा सम्पन्न होऊन् । देशमा शान्ति र स्थिरताको सरकार बनोस् । देशका नागरिकलाई चाहिएको विकास होस । नागरिकको सबै चाहना पूरा नभए पनि कम्तिमा शान्तिको चाहना भने पूराहोस  । देशको अर्थतन्त्र बलियो भइरहोस् र देशमा सर्वत्र शान्ति रही त्यही शान्तिको धरातलमा सबैले समृद्धिको सपना देख्न सकून् ।

नेपाली नयाँ वर्ष २०७९ को शुभ अवसरमा  जन आवाज मिडिया हब प्रा.लि को  तर्फबाट  नेपालमा र संसारभर छरिनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४