Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ लाई


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ३० २०७८
  • 10.1K
    SHARES

काठमाडौं, । पहिलो संस्करणको एफ.एन.जे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासंघ ललितपुर शाखालाई ५–२ गोल अन्तरले पराजित गर्दै न्युज २४ ले उपाधि जितेको हो ।

यसअघि सेमिफाइनलमा न्युज २४ ले पत्रकार महासंघ कास्की शाखालाई ६–२ गोल अन्तरले हराउदै फाइनलको यात्रा गरेको थियो । प्रतियोगिताको उपविजेता ललितपुरले सेमिफाइनलमा टिम शिलापत्रलाई ४–१ ले हराएको थियो । विजेता न्युज २४ ले नगद २५ हजार, ट्रफी र मेडल हात पा¥यो । उपविजेता ललितपुरले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त ग¥यो । प्रतियोगितामा विधागततर्फको उत्कृष्टतामा पनि न्युज २४कै बर्चश्व रह्यो ।

उत्कृष्ट गोलरक्षक न्युज २४ का पियुषबहादुर श्रेष्ठ घोषित हुदा विजेता टिमका सुरज महर्जन उत्कष्ट खेलाडी घोषित भए । सुरजले प्रतियोगितामा कुल १४ गोल गरे । विधागततर्फ उत्कृष्ट हुनेले जनही नगद २५ सय र ट्रफी हात पारे । प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक पनि उपस्थित हुनु भएको थियो । फाइनल खेलअघि रेफ्रीलाई बल हस्तान्तरण गरेर मन्त्री अथकले खेल भावना अनुसार अघि बढ्न सबै खेलाडीलाई शुभकामना दिनु भएको थियो ।

विजेता टीम र खेलाडीलाई पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, महासचिव रोशन पुरी, सचिव पवन आचार्य, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, मुख्य प्रायोजक बिमा समितिका उपनिर्देशक निर्मल अधिकारी र प्रायोजक महालक्ष्मी विकास बैंकका मार्केटिङ विभाग प्रमुख अमित झा लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

महासंघले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको मिडिया कप फुटसलमा एशोसियट, प्रतिष्ठान र जिल्ला शाखा गरी १६ टीमको सहभागिता थियो । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचारा अभिवृद्धि गर्न खेलकुद सशक्त माध्यम हुने भएकाले मिडिया कप फुटसल आयोजना गरिएको प्रतियोगिताका सह–संयोजक एवं महासंघ केन्द्रीय सदस्य विकास कार्कीले जानकारी दिनुभयो ।

बिमा समितिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा १६ टोलीको सहभागिता थिए । नेपाल बंैक लिमिटेड, महालक्ष्मी बिकास बैंक र सिटिजन्स बैंकले प्रथम मिडिया कप फुटसललाई प्रायोजन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४