Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुर महानगरमा फेरि चिरिबाबु र हरिकृष्णकै प्रतिस्पर्धा !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ३० २०७८
  • 7K
    SHARES

©नेत्र बहादुर कार्की 

ललितपुरमा एमालेबाट हरिकृष्ण ब्यञ्जनकारको नाम सिफारिस भइसकेको छ । सत्तारुढ गठबन्धनमा माओवादी केन्द्र र एकीकृत समाजवादीले मेयरमा दावी नगरेका कारण कांग्रेसबाट यसपटक वर्तमान मेयर चिरिबाबु महर्जन नै उम्मेदवार बन्ने सम्भावना छ ।

काठमाडौं । नेकपा एमालेको ललितपुर महानरपालिका कमिटीले मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यको नाम सिफारिस गरेको छ । एमाले नेताहरुका अनुसार व्यञ्जनकारले नै मेयरको टिकट पाउने सम्भावना बढी छ । किनकी अर्का आंकाक्षी प्रेम महर्जनले यसपटक मेयरमा दाबी नै गरेनन् । सत्तारुढ गठबन्धनले महानगरपालिकामा भागवण्डा गरेको छैन । तर गठबन्धनमा रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले मेयरमा दाबी नगरेकाले ललितपुरको मेयर कांग्रेसले पाउने सम्भावना बढी छ ।

कांग्रेसबाट वर्तमान मेयर चिरिबाबु महर्जनसँगै प्रेमकृष्ण महर्जन आकांक्षी छन् । दुबै कांग्रेसको संस्थापन समूहका हुन् । प्रेमकृष्णलाई केन्द्रीय सदस्य उदयशमशेर राणा, जीतजंग बस्नेतलगायतको साथ छ भने चिरिबाबुलाई पूर्वजिल्ला सभापति मदन अमात्य लगायतका नेताहरुले अघि बढाएका हुन् । सभापति शेरबहादुर देउवाको ‘प्रिय’ भएकाले चिरिबाबुले नै मेयरको टिकट पाए आश्चर्य मान्नु नपर्ने कांग्रेस ललितपुरका एक नेता बताउँछन् ।

२०७४ को जनमत

२०७४ को स्थानीय चुनावमा एमालेले राप्रपासँग तालमेल गरेको थियो भने कांग्रेस र माओवादी केन्द्र एक्लाएक्लै लडेका थिए । वैकल्पिक राजनीतिको नारा लिएको तत्कालीन साझा पार्टीले स्थानीय स्तरमा लोकप्रिय उम्मेदवार उठाएको थियो ।

साझाका रमेश महर्जनले १३ हजार ४५८ मत ल्याए । धेरै तटस्थ भोट उनले पाइएको मानिन्छ । माओवादीका उम्मेदवार दिनेश महर्जन (दीपेश) ले पनि १० हजार ६६१ मत पाएका थिए । रमेश र दिनेशले सम्मानजनक मत पाएपछि मेयरमा कांग्रेसका चिरिबाबु र एमालेका हरिकृष्णबीच कडा प्रतिस्पर्धा भएको थियो । र, व्यञ्जनकारलाई ३२३ मतान्तरले हराएर महर्जन मेयर बनेका थिए ।

यो पटक परिस्थिति फेरिएको छ । २०७४ मा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले माओवादी केन्द्रको साथ पाउनसक्छ । माओवादी ललितपुरका जिल्ला संयोजक शिव कट्टेल भन्छन्, ‘गठबन्धन भएको अवस्थामा कांग्रेसले मेयर लिएपछि हामी उपमेयर लिन्छौं ।’ अघिल्लो चुनावमा माओवादीले चार वटा वडा जितेको थियो र उसका वडाध्यक्षका उम्मेदवारहरुको कुल मत १४ हजार ५४६ हुन्छ ।

कांग्रेसको मतमा माओवादीको मत जोड्दा एमालेको भन्दा मेयरमा ११ हजार ७६६ मत बढी देखिन्छ । जबकी एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले पाएको मतमा राप्रपाबाट पाएको करिब तीन हजार ५०० पनि छ ।

एमालेले पनि माओवादीको रामबहादुर थापा बादल समूहका कारण केही भोट त थपेको छ, एकीकृत समाजवादीले केही हजार भोट काट्ने एमाले नेताहरु नै स्वीकार गर्छन् । जुन मत गठबन्धन बन्दा यो मत पनि कांग्रेसकै खातामा थपिने देखिन्छ ।

एमालेले अघिल्लो निर्वाचनमा समर्थन पाएको राप्रपाको साथ गुमाएको छ । एमालेले बुधबार मात्र राप्रपाबाट अलग भएर कमल थापाले पुनर्गठन गरेको राप्रपा नेपाल र परिवार दलसँग देशभर चुनावी गठबन्धनको सहमति गरेको छ । तर राप्रपाको सबै मत आउने सम्भावना छैन ।

ललितपुरमा ८ वटा वडा (२, ३, ४, ५, १८, १९, २३ र २४) मा गठबन्धनको भन्दा एमाले एक्लैको भोट बढी छ । यदि एकीकृत समाजवादीले यो वडाहरुमा धेरै भोट काटेन भने एमालेलाई राहत हुनेछ ।

रमेशले पाएको मत निर्णायक

ललितपुर महानगरमा यो पटक १ लाख २२ हजार ८९० मतदाता छन्, जसमध्ये ९९६८ नयाँ हुन् ।

योभन्दा धेरै मत अघिल्लो चुनावमा तत्कालीन साझा पार्टीका मेयरका उम्मेदवारले पाएका थिए । साझाबाट विवेकशील साझा बनेको रवीन्द्र मिश्र नेतृत्वको पार्टी आन्तरिक कलहमा फरेको छ ।

मिलन पाण्डे नेतृत्वको समूहले छुट्टै अभियान चलाइरहेको छ भने पार्टीमा रहेकाहरुबीच पनि एकता छैन । त्यसैले २०७४ मा मेयरका उम्मेदवार रमेश (जसको निधन भइसक्यो) र उपमेयरकी उम्मेदवार शोभा शाक्यले पाएको मत यो पटक दोहोर्‍याउन कठिन छ ।

त्यसैले नयाँ मतदातासँगै अघिल्लो चुनावमा रमेशले पाएको मत कता जान्छ भन्नेले ललितपुरको मेयरको प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने निर्धारण गर्ने देखिएको छ ।

एमाले ललितपुरका एक नेताकाअनुसार रमेशले पाएको धेरै तटस्थ मत थियो । यदि यो पटक एमालेले त्यसलाई आफूतिर तान्न सक्यो भने कांग्रेस र माओवादीको गठबन्धनका बाबजुद कडा टक्कर दिनसक्छ । त्यो मत गठबन्धनतिर ढल्कियो भने एमालेका लागि प्रतिकुलताहरु अझ बढ्नेछ ।

यद्यपि समयमै उम्मेदवार सिफारिस भएका कारण व्यञ्जनकारले चुनाव प्रचारको समय पाएका छन् । भन्छन्, पहिले पनि जितेको हौं, अहिले पनि पनि जित्छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४